२३ आश्विन २०८१ बुधबार
image/svg+xml

गौतम बुद्ध विमानस्थल टर्मिनल भवनः डिजाइन फेरिँदा लागत दोब्बर

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन परिवर्तन गर्न लागिएको छ। यसबाट खर्च बढ्नेछ। सरकारका केही उच्च पदस्थ कर्मचारीको स्वार्थमा दोब्बरभन्दा बढी लागत पर्नेगरी डिजाइन परिवर्तन गर्न लागिएको हो।

पोखरा विमानस्थलमा हवाईजहाज दुर्घटनापछिको उद्धार अभ्यास (फोटो फिचर)

जहाज दुर्घटना परेर आगलागी भएमा के र कसरी उद्धार र नियन्त्रण गर्ने भनेर बुधबार पोखरा विमानस्थलमा अभ्यास गरिएको छ । विमानस्थलले हवाई दुर्घटनाको तयारीबारे जानकारी दिन बेलाबेला यस्तै अभ्यास गर्दै आएको छ ।

अझै अनिश्चित निजगढ विमानस्थल

मुलुकका विभिन्न परियोजनामध्ये पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको एउटा हो, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल। यो विमानस्थल मुलुकका लागि आवश्यक बनिसकेकामा अब खासै विवाद रहेन। तर विमानस्थल कति ठूलो बनाउने, कसले बनाउने र लगानी कसले गर्ने भन्ने सवालमा भने अझै विवाद भइरहेको छ। ठूलो रकम आवश्यक पर्ने यो परियोजनामा सरकार आफैंले लगानी गर्ने हो वा विदेशी ऋण लिएर बनाउने भन्ने विवाद सुल्झिसकेको छैन। यस्तै विवाद भइरहेको बेला सरकार भने आफैं विमानस्थल बनाउने तयारीमा लागेको छ।

इलामबाट ६१ किलोमिटरमै दमक

सदरमुकामनजिकै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई हुँदै मार्चेबुङसम्म ५५ किलोमिटरको सडक निर्माण सुरु भएको हो। स्थानीयका अनुसार मार्चेबुङबाट दमक बजार पुग्न ६ किलोमिटर छ। यो सडकले सुकिलुम्बा विमानस्थलबाट ६१ किलोमिटरमा दमक बजार छुने भएपछि स्थानीयसमेत हर्षित छन्।

म जान नसकेको त्यो अन्तिम उडान

उडान सुरक्षा विभाग प्रमुख फोनमा कुरा गर्दै अलि आत्तिएको भावमा मतर्फ हेर्दै सेमिनार हलबाट बाहिर निस्किनुभयो। उहाँको हाउभाउले कुनै अनिष्ट भएको शंका मनमा आउनु स्वाभाविक थियो। मैले आफ्ना भनाइहरू अविलम्ब समाप्त गर्दै सम्भावित अनिष्टको शंकामा आयोजकसँग बिदा मागेर हल बाहिर निस्केँ।

विमानस्थलको जग्गामा यतीको आँखा

सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा होटल खोल्न भाडामा दिने तयारी गरिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरुयोजना बनाएर उक्त जग्गा होटल बनाउन यती समूहलाई दिने तयारी गरेको हो। पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यतीलाई जग्गा दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको छ। विगतमा यतीलाई जग्गा भाडामा दिने प्रयास पटकपटक असफल भएकोमा अहिले पर्यटनमन्त्रीमा भानुभक्त ढकाल आएपछि फेरि प्रयास सुरु भएको हो।

क्षेत्रीय विमानस्थल, पोखराको पौरख

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई निर्माण सक्न दिइएको ‘डेटलाइन’ आगामी जुलाई १० हो। बाहिरबाट झट्ट हेर्दा आयोजनाको गति तीव्र नै देखिन्छ। गौरवका भनिएका अन्यत्रका ठूला आयोजनाको भौतिक प्रगतिमा निकै ढिलाइ भइरहँदा निर्माण थालेको झन्डै ३ वर्षको अवधिमा यो विमानस्थल निर्माणमा भएको प्रगतिलाई पोखरेलीले सन्तोषजनक रूपमै लिएका पनि छन्। किनकि समष्टिगत भौतिक प्रगति पनि करिब ७० प्रतिशत भइसकेको छ।

त्रिपक्षीय लगानीमा विमानस्थल

ठूला साना सबै राजनैतिक दलले मुलुकका विभिन्न भागमा अव्यवस्थित रूपमा रहेका विमानस्थलको स्तरोन्नति गर्ने र पहाडी क्षेत्रमा नयाँ नयाँ विमानस्थल बनाउने घोषणा गरेको धेरै समय भयो।

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार झापा मेचीनगर-२ का बद्रीहाङ राईलाई पेस्तोलको गोलीसहित पक्राउ गरिएको हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः भौतिक निर्माण पूरा, सेवा अनिश्चित

विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले भौतिक निर्माणको काम सकिए र संरचनाहरूमा उपकरण जडानको काम बाँकी रहेको बताए । अहिले इन्टेरियर तथा फिनिसिङको काम चलिरहेको उनले जनाए ।

वैशाखदेखि इलामबाटै उडान–अवतरण

निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट आउँदो वैशाखदेखि उडान–अवतरण गर्न पाइने भएको छ। करिब ३ महिनामा धावनमार्गको कालोपत्रे सक्नेगरी काम भइरहेकाले वैशाखदेखि उडान–अवतरण गर्न सकिने भएको हो।

विमानस्थलको दीर्घकालिन समाधान खोज्न माग

सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले ३० विघा जमिन अधिग्रहण गर्ने तयारी गरेपछि स्थानीयहरु संघर्ष समिति गठन गरेर विरोधमा उत्रिएका छन्। स्थानीयहरुले अहिलेकै अवस्थामा विमानस्थल विस्तार गर्दा पनि दीर्घकालिन समाधान नहुने भएकाले विस्तारको सट्टा अन्यत्र ठाउँमा नयाँ विमानस्थल बनाउनुपर्ने माग गरेका छन्।

सुर्खेत विमानस्थल विस्तार गरिने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकेले सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति गर्ने निर्णय गरेको हो।

निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्रीको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिएका छन्।

हुम्ला विमानस्थलमा आगलागी, प्रमुखकाे निवास नष्ट

बिहीबार बिहान ४ बजे लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्