२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक जना पक्राउ

सांकेतिक तस्बिर

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित साेमबार एक जनालाई पक्राउ गरेको छ। 

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार झापा मेचीनगर-२ का बद्रीहाङ राईलाई पेस्तोलको गोलीसहित पक्राउ गरिएको हो।  

श्री एयरलाइन्सको जहाजबाट भद्रपुरतर्फ प्रस्थान गर्न लागेका राईलाई चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो।  

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० पुस २०७७ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App