१० मंसिर २०८१ सोमबार
image/svg+xml

मेची–काली अभियानका पहेली

नेकपा (एमाले) ले झापाको काकडभित्ताबाट सुरु गरेको मेची–महाकाली अभियान उत्साहजनकरूपमा अघि बढ्ने क्रममा सप्तरीमा दुर्दान्त घटनाको कारण ३ दिने अल्पबिरामपछि पुनः हेटाैंडाबाट सुचारु भएको छ ।

एमालेको मेची–महाकाली अभियान २७ गतेबाट पुनः शुरू हुने

सप्तरीको राजविराजमा झडप भएपछि स्थगित भएको नेकपा (एमाले) को मेची महाकाली अभियान शुक्रबारबाट पुनः हेटौंडादेखि सुरु हुने भएको छ।

एमालेको मेची- महाकाली अभियान तीन दिन स्थगित

नेकपा एमालेले मेची- महाकाली अभियानका सबै कार्यक्रम तीन दिनका लागि स्थगित गरेको छ। सप्तरी घटना पछि आकस्मिक बसेको एमाले स्थायी समिति बैठकले तीन दिनका लागि सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

निर्वाचनको लागि मेची- महाकाली अभियान: रविन्द्र अधिकारी

नेकपा एमालेका नेता एवं संसदको विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेसका दुईचार जना ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताएका छन्। रफत सञ्चार क्लवमा सोमबार भएको साक्षात्कारमा नेता अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार्य नभएको बताए।

मेची–काली अभियानको सान्दर्भिकता

जुन पार्टी जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्ने मान्यता राख्छ, त्यो पार्टीले तराई, मधेस, पहाड र हिमालका जनताको अपमान गर्छ भन्ने कुरा सत्य सावित हुँदैन । अझ केपी ओलीले एक कार्यक्रममा संस्कृत वाङ्मयको सुप्रसिद्ध उक्ति ‘सर्वेभवन्तु सुखिन’को राजनीतिक व्याख्या गरेका थिए। उनले कुनै खास वर्ग र समुदाय आधारित पार्टीले पार्टीगत राजनीति गरे पनि राजकीय नेतृत्वमा पुग्दा आमजनताको हितको कुरालाई सर्वोपरि राख्नुपर्ने कुरा गरेका थिए।

मेची-महाकाली अभियान : सप्तरीमा कार्यक्रम व्यवस्थापन गर्न समस्या

एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने डेरा बस्दै गरेको नेपाल रेडक्रस सोसाइटीको भवनबाट निकालिएका छन्। आफ्ना केही नेताकार्यकर्तासँग बैठक बस्दै गरेको अवस्थामा न्यौपानेलाई रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले शनिबार पार्टी कार्यालयबाट निकालेका हुन्।

मेची-महाकाली अभियानको थालनी गर्दै ओलीले भने- 'जनताविरोधी संशोधन पारित हुन्न दिन्नौं'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा संविधान संशोधन पारित हुन नदिने बताएका छन्। झापाको काँकटभित्ताबाट पार्टीको मेची-महाकाली अभियानको प्रारम्भ गर्दै अध्यक्ष ओलीले भने- 'संविधान संशोधन विधेयक जनताको आवश्यकता विपरीत हो। नैतिक हिसाबले पनि यो पारित गर्न मिल्दैन।'

भ्रम चिर्न मेची-महाकाली अभियान : ओली

पछिल्लो मधेस आन्दोलनपछि मुलुकको मैदानी भूभागमा खुम्चिएको आफ्नो प्रभाव र भूमिका पुनर्जागृत गर्न एमाले शनिबारदेखि संगठित रुपमा मधेस पस्दैछ। आफूलाई 'मधेसी मोर्चा सम्बद्ध दल तथा अभियन्ताले लगातार मधेस विरोधीका रुपमा चित्रित गरेर लखेटिरहेको' निष्कर्षमा पुगेको एमाले 'त्यही भ्रम चिर्ने' लक्ष्यसहित मधेस केन्द्रित अभियानमा होमिन लागेको हो।

मेची- महाकाली अभियानमा ५० लाख सहभागी हुने एमाले दावी

नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानमा ५० लाख जनता प्रत्यक्ष सहभागी हुने नेकपा एमालेले दावी गरेको छ।

मेची–महाकाली अभियानका लागि एमाले नेताहरू झापामा

पार्टीलाई ‘मधेशविरोधी भन्दै फिँजाइएको भ्रम चिर्ने’ लक्ष्यका साथ शुरु हुन लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुन एमाले शीर्ष नेताहरु शुक्रबार झापा आइपुगेका छन्।

एमालेले मेची–महाकाली अभियानमा ५० लाख उतार्ने

नेकपा (एमाले)को यही फागुन २१ बाट सञ्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानको तयारी पूरा भएको छ। संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेको अभियानका लागि नेपाली, मैथिली, थारू, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री तयार गरी पठाइएको छ।

मेची पहाडमा पेट्रोल अभाव

गतवर्ष करिब ५ महिना पेट्रोलियम अभाव खेपेको मेची पहाडमा ३ दिनयता उही समस्या दोहोरिएको छ। ‘स्थानीय तहको निर्वाचन घोषणापछि तराईमा हुनसक्ने विरोध’ र ट्यांकर व्यवसायीको आन्दोलनका कारण मेची पहाडमा पेट्रोलियम अभाव हुन थालेको हो।

मेची–काली रेलः १६ अर्ब बजेट प्रस्ताव अर्थमा थन्कियो, चालू वर्षमै थप सबा अर्ब माग

रेल विभागले ९ सय ४५ किलोमिटरको मेची–महाकाली रेलमार्ग निर्माणका लागि अर्थ मन्त्रायसँग १६ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरे पनि उक्त रकम प्राप्त हुन नसकेको जनाएको छ।

जनप्रतिनिधि नहुँदा अस्तव्यस्त मेची पहाड

इलाम नगरपालिकाले चालू आर्थिक वर्षका लागि ५ सय ६६ प्रतिशतसम्म कर वृद्धि गरी लागू गर्‍यो। त्यसको विरोधमा स्थानीय नागरिक सडकमा उत्रिएपछि करको दर हेरफेर भयो। करिब २२ लाख रुपैयाँमा ठेक्का लागेको नगरको सवारी पार्किङ शुल्क चर्काे भएको भन्दै विरोध भएपछि ठेक्का रद्द भयो।

यसरी बन्दैछ मेची–काली रेलमार्ग, ११ हजार रुख काट्न स्वीकृति माग (फाेटाे फिचर)

रेल विभागले ११ हजार १ सय २३ ओटा रुख काट्न वन तथा भू–संरक्षण मन्त्रालयसँग स्वीकृति माग गरेको छ। मेची महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि सागरनाथ वन विकास परियोजनाअन्तर्गतका वनमा पर्ने उक्त रुखहरु काट्न मन्त्रालयसँग स्वीकृति मागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्