२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनको लागि मेची- महाकाली अभियान: रविन्द्र अधिकारी

भक्तपुर- नेकपा एमालेका नेता एवं संसदको विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेसका दुईचार जना ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताएका छन्। रफत सञ्चार क्लवमा सोमबार भएको साक्षात्कारमा नेता अधिकारीले मुलुकको एकतालाई बिगार्ने संविधान स्वीकार्य नभएको बताए। उनले संविधान संशोधनभन्दा पहिला निर्वाचन गराउनुपर्नेमा जोड दिए। निर्वाचन नगराउने सरकारको कदमलाई चिरफार गर्न एमालेले मेची महाकाली अभियान थालेको उनको कथन छ।

उनले निर्वाचन अगाडि संविधान संशोधन कुनै पनि हालतमा नहुने बताए । एमालेको मेची महाकाली अभियान देखेर केही शक्तिहरु तर्सिएका उनको दावी थियो । यही कारण अभियान बिथोल्न लागिपरेको उनको भनाई छ ।

संविधान कार्यान्वयनको लागि निर्वाचनमा जानुको विकल्प नभएको उनले बताए । उनले निर्वाचनमा मधेसी मोर्चा पनि सहभागि हुने विश्वास गरे।

 

 

प्रकाशित: २३ फाल्गुन २०७३ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App