८ वैशाख २०८१ शनिबार
मणि दाहाल


मणि दाहालका लेखहरु :

शक्तिशाली कम्युनिस्ट पार्टी गठन

मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ। गत असोज १७ गते एकीकरण प्रक्रिया सुरु गर्ने घोषणा गरेका दुवै वामपन्थी दल सात महिनापछि औपचारिक रुपमा एकीकृत भएका हुन्। एकीकरण घोषणासँगै निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ।

एमाले–माओवादी पार्टी एकता आज

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो।

नेपालको समावेशी विकासमा भारतको साथ

नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समावेशी विकास र आर्थिक समृद्धिको प्रयासमा भारतका करोडौं जनताको साथ रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्र निर्माण र विकासको सोचमा नेपाली जनताले विश्वास देखाएको टिप्पणी गर्दै उनले नेपाली जनताको अखण्ड, समृद्ध र सशक्त नेपालको चाहनालाई भारतले भरपुर समर्थन गर्ने बताए।

मधेस पस्यो एमाले

संविधान कार्यान्वयन र राष्ट्रिय एकताको नारासहित प्रमुख प्रतिपक्षी दल एमालेको १५ दिने मेची–महाकाली राष्ट्रिय अभियान शनिबार सुरु भएको छ। राजनीतिक मात्रै नभएर सामाजिक, सांस्कृतिक यो अभियान 'राष्ट्रिय एकीकरण– भाग दुई' भएको दाबी एमाले नेताहरूले गरेका छन्।

मेची-महाकाली अभियानको थालनी गर्दै ओलीले भने- 'जनताविरोधी संशोधन पारित हुन्न दिन्नौं'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा संविधान संशोधन पारित हुन नदिने बताएका छन्। झापाको काँकटभित्ताबाट पार्टीको मेची-महाकाली अभियानको प्रारम्भ गर्दै अध्यक्ष ओलीले भने- 'संविधान संशोधन विधेयक जनताको आवश्यकता विपरीत हो। नैतिक हिसाबले पनि यो पारित गर्न मिल्दैन।'

एनसेलले कर नतिर्दा प्रमुख दल किन मौन?

काठमाडौं- दूरसञ्चार कम्पनी एनसेल सेयर खरिदबिक्रीमा प्राप्त हुने अर्बौंको पुँजी लाभकर विवाद चर्किंदा प्रमुख दल भने मौन छन्। प्रमुख राजनीतिक दलका केही युवा नेता र सांसदले व्यक्तिगत रुपमा करका लागि दबाब अभियान चलाए पनि पार्टीहरुका औपचारिक धारणा आएका छैनन्। य

एनसेल लाभकर प्रकरण : अर्बौं करछलीमा अर्थकै छलछाम

काठमाडौं- एनसेल स्वामित्व हस्तान्तरणमा प्राप्त हुने लाभकर असुल नगर्न अर्थ मन्त्रालय र मातहत कार्यालयकै मिलोमतो देखिएको छ। सरकारका मुख्यसचिव सोमलाल सुवेदीले दुई महिनाअघि नै एनसेल स्वामित्व हस्तान्तरणमा विगतमा पनि पुँजीगत लाभकर लिएको उल्लेख गर्दै त्यसै आधार

एमाले-माओवादीको नौं बुँदे : 'दण्डहीनता बढाउने काम'

काठमाडौं- नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच बिहीबार भएको सत्ता साझेदारीसम्बन्धी 'पुरक' नौबुँदे सहमतिले दण्डहीनतालाई संस्थागत गर्ने विज्ञहरुले औंल्याएका छन्। द्वन्द्वकालीन तथा अन्य समयमा 'राजनीतिक' कारण लगाइएका मुद्दा फिर्ता, माफी र मिनाहा गर्ने, सशस्त

फर्कियो एमाओवादी, एमालेसँग ९ बुँदे सहमति

काठमाडौं- नेकपा एमाले नेतृत्वको गठबन्धन छाडेर नेपाली कांग्रेसको समर्थनमा आफ्नै नेतृत्व सरकार गठन गर्ने एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्णय एकैरातमा उल्टिएको छ।प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालले बिहीबार राति नौबुँदे स

नेपालीले पत्ता लगाए नयाँ ग्रह

काठमाडौं- अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन्। युनिभर्सिटी अफ टेक्सस अर्लिङ्टनमा खगोल भौतिक विज्ञान अध्यापन गराउँदै आएका सत्याल नेतृत्वको खगोलशास्त्री टोलीले 'गिल्

ओली गठबन्धन अल्पमतमा

काठमाडौं- प्रमुख सत्तासाझेदार एकीकृत नेकपा माओवादीले वर्तमान सरकार छाड्ने निर्णय लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व गठबन्धन अल्पमतमा परेको छ। बुधबार बिहान बसेको एकीकृत माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले परिणाममुखी काम गर्न नसकेको भन्दै आफ्न

दाहाललाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव

काठमाडौं— सत्ताघटक एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई विपक्षी नेपाली कांग्रेसबाट नयाँ सरकारको नेतृत्व प्रस्ताव आएको खुलासा गरेका छन्। सत्ता नेतृत्वकर्ता नेकपा एमालेसँग बालुवाटरमा मंगलबार राति अबेरसम्म भएको दुईदलीय बैठकमा दाहालले आफूलाई प्रधानम

किन सर्छ उत्तरी ध्रुव ?

काठमाडौं- 'तपाईं भन्न सक्नुहुन्छ– पृथ्वीको तौल कति छ?'यसलाई किलोग्राममा मापन गर्ने हो भने शून्य गणनामा एक, दस, सय, हजार, लाख ... भन्दै २५ पटक लगातार औंला भाँच्नुपर्छ।अर्थात् ५ हजार ९ सय ७४ का पछाडि २१ वटा शून्य थप्दा पृथ्वीको तौल निस्कन्छ।पृथ्वीको तौल ५९

पूर्व धकेलियो उत्तरी ध्रुव

काठमाडौं- दक्षिण एसियामा गहिरिँदो खडेरीका कारण पृथ्वीको ध्रुवीय प्रणाली प्रभावित भएको अमेरिकी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले जनाएको छ। खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर सर्दै गएको वैज्ञानिकको ठहर छ।नासाको अध्ययनमा दक्षिण एसियाली क्

ओलीमाथि चरम गुटबन्दीको आरोप

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीबाटै संस्थागत गुटबन्दी भएको आरोप लगाएका छन्। बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार उनीहरुले पार्टी कार्यालय र सरकार दुवैबाट गुटको मात्रै काम भ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्