coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ह्वाँ–ह्वाँ पाटीः जहाँ पृथ्वीनारायण शाह झन्डै काटिएनन्

भक्तपुरको सल्लाघारी(च्वँगा गणेश मन्दिर) बाट केही उकालो लाग्ने बित्तिक्कै आउने एउटा पाटीको नाम हो, ह्वाँ–ह्वाँ पाटी। सो पाटी अहिले भक्तपुर नगरपालिकाले पूनर्निर्माण गरिरहेको छ। अहिले पाटीको छाना छाउने काम भइरहेको छ।  

भक्तपुरका तत्कालिन मल्ल राजा जगज्योति मल्लको समयमा बनेको रानीपोखरीको दक्षिणमा रहेको सत्तलसहितको उक्त पाटी सोही मल्ल राजाले बनाउन लगाएका थिए। तत्कालिन मल्ल राज्यको दक्षिणी नाका छिर्ने क्रममा भेटिने सो पाटी सामरिक हिसाबले महत्वपूर्ण रहेको इतिहास अध्येताहरुको ठहर छ।

इतिहास अध्येता एवं युवा संस्कृतिविद् ओम धौभडेलले उक्त पाटीसँग पृथ्वीनारायण शाहको नाम जोडिने गरेको बताए। उनले भने, ‘पाटी आकारमा ठूलो भएको कारण प्रतिध्वनि आउने भएकाले पाटीको नाम नेपालभाषामा ‘ह्वाँह्वाँ पली’ रहन गएको हो, त्यो विशेषताले भन्दा पनि पृथ्वीनारायण शाहको हत्या गर्ने योजना पाटीको रुपमा जनमानसले चिन्ने गरेका छन्।’

उनका अनुसार वि.सं. १८२६ मा पृथ्वीनारायण शाहले भक्तपुर विजय गरेपछि उनी मानसिक मात्र नभई शारिरीक रुपले समेत थकित भइसकेका थिए। भक्तपुर विजय गरेपछि एकीकरण अभियान सकिएको ठानी उनी कान्तिपुर बस्न थालेका थिए। त्यो बेला उनले केही समय बिलासी जीवन पनि बिताए। सो क्रममा उनी कहिले कान्तिपुर, कहिले भक्तपुर आउने गर्दथे।

‘त्यो योजना सफल भएको भए, पृथ्वीनारायण शाहको मृत्यु देवघाटमा होइन, भक्तपुरमा हुन्थ्यो’ इतिहास अध्येता एवं युवा संस्कृतिविद धौभडेलले भने, ‘अबदूतसिँह नेपाल एकीकरणपछि आदि विद्रोहीको रुपमा चिनिन्छ, यसरी यो पाटीलाई पृथ्वीनारायण शाहविरुद्ध विद्रोह भएको स्थलका रुपमा चिनिन्छ।’

पृथ्वीनारायण शाहका मित एवं तत्कालिन मल्ल राजा रणजीत मल्लले युद्धमा हार व्यहोरेपछि कान्छा छोरा अबदूतसिँहसहित काशी गएको इतिहास रहेको उनी बताउँछन्। ‘बुबासँगै काशी गएका अबदूतसिँह भने पुर्खाको गुमेको सत्ता फेरि कब्जा गर्ने सोचमा थिए,’ उनी भन्छन्, ‘सोही कारण अबदूतसिँहले काशीमै बसी पृथ्वीनारायण शाहको हत्या गर्ने योजना बनाए।’

त्यो योजना सफल बनाउन उनले भक्तपुरमा रहेका भवानी सिँह(नगरकोटी)सँग समन्वय गरी उनकै सहयोग लिएको इतिहास पढ्न पाइने उनी बताउँछन्। भवानी सिँहले अबदूतसिँहलाई साथ दिएपछि दुबै मिलेर पृथ्वीनारायण शाहको हत्या गर्ने योजना बनाएको उल्लेख गर्दै उनले सोही योजना मुताबिक कान्तिपुरबाट भक्तपुर आउने क्रममा रहेका पृथ्वीनारायणमाथि आक्रमण गर्ने तयारी गरिएको थियो।  

‘योजना अनुसार सल्लाघारी(हाल) स्थित रानीपोखरीसँगैको ह्वाँ–ह्वाँ पाटीमा सैनिक जत्थासहित ढुकेर बस्ने र पृथ्वीनारायण शाहमाथि आक्रमण गर्ने योजना तय भएको थियो’, उनले भने,  ‘तर त्यसरी बनेको योजना भवानी सिहँकै एक व्यक्तिले पृथ्वीनारायण शाहका तत्कालिन सैनिक कमाण्डर हर्ष पन्थीसम्म पुर्याएका थिए।’

त्यो खबर पुग्ने बित्तिक्कै पृथ्वीनारायण शाहमाथि आक्रमण गर्ने सो पाटीमा बसिरहेका भवानी सिँहको सैनिक जत्थामाथि हमला  गरी अबदुतसिँहको योजना असफल बनाएको थियो।

‘त्यो योजना सफल भएको भए, पृथ्वीनारायण शाहको मृत्यु देवघाटमा होइन, भक्तपुरमा हुन्थ्यो’ इतिहास अध्येता एवं युवा संस्कृतिविद धौभडेलले भने, ‘अबदूतसिँह नेपाल एकीकरणपछि आदि विद्रोहीको रुपमा चिनिन्छ, यसरी यो पाटीलाई पृथ्वीनारायण शाहविरुद्ध विद्रोह भएको स्थलका रुपमा चिनिन्छ।’

सोही रात उक्त योजनामा सरिक भएको आरोपमा नगरकोटी थरका करिब ३ सय जवानलाई भक्तपुरको कासनमा लगी हत्या गरिएको समेत इतिहास छ। 

प्रकाशित: २७ पुस २०७८ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App