१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लौरो टेक्कै थिमि घुमे शताब्दी पुरुष सत्यमोहन जोशी

शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुर थिमिको शंखधर पार्क अवलोकन गरेका छन्। संस्कृतिविद् समेत रहेका १०२ वर्षका शताब्दी पुरुष जोशीले मध्यपुर थिमिले सम्पदा पूनर्निर्माणअन्तर्गत राष्ट्रिय विभूति शंखधर साख्वा पार्कमा भइरहेको निर्माण अवलोकन गरेका छन्। सो क्रममा उनले त्यहाँ करिब १ घन्टा समय बिताएका थिए।

लौरो  टेक्दै पार्कका खुट्किला चढ्दै र झदै थिमिले गरिरहेको सम्पदा संरक्षण हेरेका उनले नगरपालिकाको प्रयासको प्रशंसा समेत गरे। उनलाई साथ दिन नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, थिमिका स्थानीय व्यक्तिहरुको पनि सहभागिता रहेको थियो।

‘हामीले साँस्कृतिक सम्पदा पूनर्निर्माणमा गरिरहेको प्रयासबाट उहाँ खुसी हुनुभएको छ’, नगर प्रमुख श्रेष्ठले भने, ‘हामीलाई उहाँले आर्शिवाद समेत दिनुभयो।’ नगरप्रमुख श्रेष्ठले सो क्रममा शंखधर पार्कलाई मिनी आर्कोलोजिकल गार्डेन बनाउन शताब्दी पुरुष जोशीले सुझाव दिएको जानकारी दिए।

‘अवलोकनको क्रममा उहाँले यहाँको सिँढी, पार्कमा बन्दै गरेको ढुंगेधारा, थियटर, झरनामा पुग्नुभयो, ढुंगेधारामा अवस्थित राजा भगीरथको कथा सुनाउनुभयो’, उनले भने, ‘उहाँले थिमिको जिब्रो छेड्ने जात्रालाई गिनिज बुकमा लेखाउनका लागि पनि सुझाव दिनुभयो।’ नगरप्रमुख श्रेष्ठले शताब्दी पुरुष जोशीको अवलोकन भ्रमणले आफूलाई थप उर्जा मिलेको पनि बताए।

भक्तपुरमा मंगलबारबाट सुरु भएको भारोत्तोलन प्रतियोगिताको उद्घाटनमा आएका शताब्दी पुरुष जोशीले सो क्रममा नगरपालिकाले शंखधर पार्कमा गरिरहेको सांस्कृतिक पूननिर्माण अवलोकन गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए।

प्रकाशित: २७ पुस २०७८ १३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App