८ वैशाख २०८१ शनिबार
कला

जसले नि आफ्नो सीमा नाघ्छ मेरो शहरमा

गजल

पानी मात्र पिए पनि लाग्छ मेरो शहरमा,

नसुतेर दिनरात जाग्छ, मेरो शहरमा।

 

परिआए उस्ताउस्तै, सबै जना सबतिर,

जसले नि आफ्नो सीमा नाघ्छ मेरो शहरमा।

 

दयामाया, प्रेमभाव, विश्वास र भरोसा,

नैतिकता, मानवता भाग्छ मेरो शहरमा।

 

भोका भोकै सुत्छन् सधैं नांगा नांगै हिंड्छ सधैं,

नेताचाहिं लाज पचाई माग्छ मेरो शहरमा।

                   – ताथली, भक्तपुर।

प्रकाशित: २६ पुस २०७८ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App