१० मंसिर २०८१ सोमबार
image/svg+xml

तुसारोले मेची राजमार्गमा जोखिम

झापाबाट ताप्लेजुङको सिनाम मोटरसाईकलमा हिडेका देवु वाँनिया मेची राजमार्गको लालीखर्क खण्डमा तुसारोमा चिप्लीएर दुई पल्ट लडे। मोटरसाईकलमा सवार दुई जना दाजुभाइलाई धन्न नराम्रो भएन। खुट्टा टेक्दा समेत चिप्लिनेबाटामा दुई पल्ट लडेपछि करीव एक किलोमीटर ठेलेर बाईक ल्याएको अनुभव फिदिममा आहिपुगेर सुनाए।

केसीको पक्षमा मेचीका चिकित्सक आन्दोलित

डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै मेची अञ्चल अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरु पनि आन्दोलित भएका छन् ।

पुर्नसंरचनामा असन्तुष्टि जनाउँदै मेची राजमार्ग अवरुद्ध

स्थानीय तहको पुनः संचरनामा असन्तुष्टि जनाउँदै जिल्लास्थित विभिन्न गाविसका बासिन्दाले मेची राजमार्ग अवरुद्ध गरेका छन्। मेची राजमार्गको पाँचथर छिर्ने राँके बजारमा शनिबार दिउँसोदेखि यातायात अवरुद्ध गराएका हुन्। शुक्रबार फिदिममा बृहद प्रर्दशन गर्दै यातायात अवरुद्ध गर्ने चेतनावनी दिइएको थियो।

मेची पहाडमा अविरल वर्षा

इलाम- मंगलबारदेखि लगातार भइरहेको वर्षाका कारण मेची पहाडका जिल्लाको जनजीवन कष्टप्रद बनेको छ। दसैंको टीकाकै दिनदेखि पानी परिरहेका कारण टीका र आशीर्वाद लिन आफन्तकहाँ जानेहरुसमेत घरबाट निस्कन सकेका छैनन्।

मेचीनगरमा एक पुरुषको हत्या

झापाको मेचीनगर नगरपालिका–१ स्थित निन्दा खोलामा गएराति एक व्यक्तिको हत्या भएको छ। नाम, थर, वतन खुल्न नसकेका ५५ वर्षीय पुरुषको चन्द्रगढी–१ निवासी ३६ वर्षीय नेत्र गिरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मेची राजमार्ग १४ घण्टा अवरुद्ध भई एकतर्फी खुल्यो

पाँचथर– निरन्तरको वर्षाका कारण पहिरो खसेर मेची राजमार्गको पाँचथर खण्ड १४ घण्टा अवरुद्ध भई खुलेको छ। पहिरोसँगै ठुला ढुंगा झरेपछि मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिकाको कृष्ण मन्दिर छेउमा १४ घण्टा अवरोध भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्