५ आश्विन २०८१ शनिबार
image/svg+xml

गेटा मेडिकल कलेजको भवनमा ५ सय शैयाको कोभिड उपचार केन्द्र बनाइने

दोश्रो लहरको कोरोना भाइरसकाे संक्रमणले अस्पताल भरिभराउ भएर शैयाको अभावपछि निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा कोभिड उपचार केन्द्र बनाउने तयारी गरिएको छ ।

स्वयम्भूमा पुनः निर्मित भवनहरू हस्तान्तरण

२०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त भएका स्वयम्भू परिसरस्थित काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारी निवासको पुनःनिर्माण सम्पन्न भएको छ। पुनःनिर्माण सम्पन्न घरहरू सोमबार सम्बन्धित घरधनीलाई हस्तान्तरण गरियो।

चन्दननाथ मन्दिरको शोभा छेक्दै सरकारी भवन

कर्णालीकै प्रसिद्ध जुम्ला स्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा सरकारी भवनले छेकेको छ । मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न लागेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो ।

क्याम्पसको प्रशासनिक भवन निर्माण

खोटाङकै ज्येष्ठ क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसको नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १ करोड २३ लाख रूपैयाँ लागतमा सो क्याम्पसको दुईतले प्रशासनिक भवन निर्माण गरिएको हो।

प्राविधिक शिक्षालय परिसरमै प्रदेशसभा भवन बनाउने बाटो खुल्यो

संघीय सरकारको यो निर्णयसँगै स्थायी राजधानीमा प्रदेशसभा स्थापनाका लागि बाटो खुलेको छ।लुम्बिनी प्रदेश सरकारले संघीय सरकारमातहतमा रहेको प्राविधिक शिक्षालयको भौतिक संरचना तथा जग्गा उपयोगका लागि अनुमति दिन संघीय सरकारसमक्ष माग गरेको थियो।

नयाँ भवन बनाउँदै आयल निगम

हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो। गोरखा भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीन वटै भवनमा रातो स्टिकर टाँसेको थियो। रातो स्टिकर टाँसिएको पाँच वर्षपछि बल्ल निगमले नयाँ भवन बनाउन तयारी थालेको हो।

गौतम बुद्ध विमानस्थल टर्मिनल भवनः डिजाइन फेरिँदा लागत दोब्बर

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन परिवर्तन गर्न लागिएको छ। यसबाट खर्च बढ्नेछ। सरकारका केही उच्च पदस्थ कर्मचारीको स्वार्थमा दोब्बरभन्दा बढी लागत पर्नेगरी डिजाइन परिवर्तन गर्न लागिएको हो।

स्वास्थ्य भवन निर्माणमा चरम ढिलासुस्ती

स्वास्थ्य चौकी भवन निर्माणमा चरम ढिलासुस्ती भएपछि खोटाङको साकेला गाउँपालिकाले ठेकेदारमाथि कारबाही गर्न माग गरेको छ। साकेला–५ मात्तिम बिर्तामा तीन वर्षमा निर्माण गरिसक्नुपर्ने स्वास्थ्य चौकीको भवन पाँच वर्षमा पनि पूरा नभएपछि गाउँपालिकाले ठेकेदार कम्पनी युएस–नाना जेभी नीलकण्ठ–३ धादिङलाई कारबाही गर्न माग गरेको हो।

विद्यालय भवन निर्माणमा अभिभावकको विरोध

अभिभावकले विरोध गरेपछि सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविको भवन निर्माणको काम अघि बढन सकेको छैन । संघीय सरकारको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनको काम विवाद उत्पन्न भएपछि करिब डेढ महिनादेखि निर्माण कार्य बन्द भएको छ ।निर्माण समिति गठन नगरी प्रअ र निवर्तमान विद्यालय व्यवस्थापन समितिले अभिभावकको सहमति बिना भवन निर्माण सुरु गरेको भन्दै विवाद उत्पन्न भएको छ । भवनको जग खनेपछि स्थानीय अभिभावकले विरोध गरेका हुन् ।

बैतडीमा विद्यालय भवन निर्माणमा अभिभावकको विरोध

अभिभावकले विरोध गरेपछि सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविको भवन निर्माणको काम अघि बढन सकेको छैन । संघीय सरकारको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनको काम विवाद उत्पन्न भएपछि करिब डेढ महिनादेखि निर्माण कार्य बन्द भएको छ ।निर्माण समिति गठन नगरी प्रअ र निवर्तमान विद्यालय व्यवस्थापन समितिले अभिभावकको सहमति बिना भवन निर्माण सुरु गरेको भन्दै विवाद उत्पन्न भएको छ ।

साढे पाँच अर्ब लागतमा बन्दै छ संघीय संसद् भवन

२०६२/६३ सालपछि मुलुकको राजनीतिमा धेरै उथलपुथल भयो। बहुदलीय व्यवस्थाबाट मुलुक लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुगेको छ। तर, दुर्भाग्य, मुलुकको राजनीतिक घटनाक्रम तीव्र गतिमा परिवर्तन भए पनि १२ वर्षसम्मको अवधिमा भने नेपालको विधायिकी अंग अर्थात प्रतिनिधिसभा तथा राष्ट्रियसभा अझै पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडाकै भवनमा काम चल्दै आइरहेको छ। तर, अबको दुई वर्षभित्रै संघीय संसद्को झकिझकाउ तथा आफ्नै स्वामित्वको भवन तयार हुँदैछ।

‘मदन भण्डारी सभा भवन’को निर्माण तत्काल सक्न माग

पूर्वमन्त्री तथा संविधानसभा सदस्य मञ्जु चौधरीले आफू मन्त्री भएकै बेला निर्माण सुरु गरेको भवन अधुरो रहेको देख्दा दुःख लागेको बताइन्। जमिन विवादको मुद्दा सर्वोच्च अदालतसम्म खेप्नुपर्दा ६ महिना ढिला काम थाल्नुपरेको स्मरण गर्दै पूर्वमन्त्री चौधरीले उदयपुरलाई चिनाउने योजनामध्येको भवन सम्पन्न गर्न सरकारले महत्वका साथ बजेट दिनुपर्ने सुझाइन्।

प्रधानमन्त्री ओली पोखरा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार पोखरा आउने भएका छन्। अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपाल उनी सोमबार पोखरा आउने भएका हुन्। प्रधानमन्त्री ओली गण्डकी प्रदेशस्तरीय नेकपा कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

दुर्घटना रोक्न हटाइयो घुम्तीको भवन

दैनिकजसो दुर्घटना भइरहने नेपालगन्ज–गुलरिया सडकखण्डको मानपुरस्थित घुम्तीमै रहेको पुरानो भवन भत्काइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा शुक्रबार उक्त भवन भत्काइएको हो। बाँकेको जानकी गाउँपालिकाअन्तर्गत पर्ने उक्त स्थान ‘दुर्घटनाग्रस्त’ क्षेत्रका रूपमा परिचित थियो।

स्वास्थ्यचौकी भवन निर्माणको काम गुणस्तरहीन, त्रुटी सच्याउन गाउँपालिकाको निर्देशन

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित स्वास्थ्यचौकी भवन निर्माणको काम गुणस्तरहीन भएको भन्दै सच्याउन लगाइएको छ । स्वास्थ्यचौकीको निर्माणाधिन भवनको पिपिसि ढलानको काम गुणस्तरहीन भएको भन्दै गाउँपालिकाले भत्काएर पुनर्निर्माण सुरु गर्न निर्देशन दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्