१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटना रोक्न हटाइयो घुम्तीको भवन

नेपालगन्ज–गुलरिया सडकको मानपुरस्थित घुम्तीमा रहेको घर । तस्बिर : नागरिक

दैनिकजसो दुर्घटना भइरहने नेपालगन्ज–गुलरिया सडकखण्डको मानपुरस्थित घुम्तीमै रहेको पुरानो भवन भत्काइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा शुक्रबार उक्त भवन भत्काइएको हो। बाँकेको जानकी गाउँपालिकाअन्तर्गत पर्ने उक्त स्थान ‘दुर्घटनाग्रस्त’ क्षेत्रका रूपमा परिचित थियो।

दशकौं पुरानो दुई तल्ले पक्की भवन भत्काउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले घरधनीसँग सहमति गरेका हुन्। यही फागुन ७ गते प्रजिअ कुरुङ्बाङ, घरधनी तथा सरोकारवालाबीच घर भत्काएर सडक विस्तार गर्ने सहमति भएको थियो।

स्थानीय प्रशासनले घरधनी शान्तिदेवी सिंह/अमर सिंहलाई क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउने सहमति पनि जनाएको बताइएको छ। यद्यपि उक्त सहमतिबारे स्थानीय प्रशासनले प्रस्ट रूपमा खुलाएको छैन।  

प्रजिअ कुरुङ्बाङले घरधनीसँगको सहमतिका आधारमा डोजर प्रयोग गरी भत्काइएको बताएका छन्। यसका लागि स्थानीय प्रशासनले सडक विभागको डोजर प्रयोग गरेको थियो।

‘जग्गाधनीका परिवार तथा आफन्त र सरोकारवाला निकायको बैठकले घरको क्षतिपूर्ति र जग्गाको मुआब्जाका लागि प्रक्रिया अघि बढाउने सहमति जुटेपछि भत्काइएको हो,’ उनले भने। उक्त स्थानको भवन भत्काइएपछि अब दुर्घटना न्यूनीकरण हुने ट्राफिक प्रहरीले जनाएको छ। 

प्रकाशित: १५ फाल्गुन २०७७ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App