भौतिक र वित्तीय दुबैतर्फ सत प्रतिशत प्रगति भयो : डिभिजन वन कार्यालय ताप्लेजुङ
डिभिजन वन कार्यालय ताप्लेजुङले चालू आर्थिक वर्ष २०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रममा भौतिक र वित्तीय दुबैतर्फ सत प्रतिशत प्रगति गरेको जनाएको छ।तलब भत्ता बाहेक २ करोड ३४ लाख ६ हजार रुपैयाँ बजेट रहेको कार्यालयले १७ लाख ५२ हजार रुपैयाँ बजेट भने सर्मपण गरिएको जनाएको छ ।