१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

‘रगत नपाए भक्तपुर जानू’

न्याय नपाए गोरखा जानू भने जस्तै रगत नपाए भक्तपुर जानू भन्ने उक्तिले प्रसिद्धि पाएको छ।नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले रगत नपाए भक्तपुर जानू भन्ने नारा तय गरी निरन्तर सङ्घर्षरत रहेका कारण यो उक्ति जनमानसमा सिद्ध भएको दावी गरे ।

अहिले रगत चाहियो कि सबैभन्दा पहिला काठमाडौँको केन्द्र रेडक्रसमा भन्दा भक्तपुर जिल्ला शाखाको रेडक्रसमा धेरै सम्पर्क हुन्छ, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको रक्तसञ्चार सेवाले मंगलबार भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा सभापति थापाले भने, यसको मुख्य कारण नै हामीले रगत दिन सक्नु हो ।’

बिरामीहरूका लागि चाहिएको रगत दिने योजनाका साथ निरन्तर लागिपरेको स्मरण थापाले गरे।उनले अहिले पनि यो क्रममा निरन्तर जुटिरहेको सुनाए।

यति मात्रै होइन, यतिखेर भक्तपुर देशभरको ७७ जिल्लामध्ये नै निःशुल्क रगत उपलब्ध गराउने पहिलो जिल्ला बन्न सफल भएका छ।भक्तपुरका सवै जना बिरामीहरूलाई निःशुल्क रुपमा रगत प्रदान गर्दै छ।भक्तपुरका चार वटै नगरपालिकाहरू चाँगुनारायण, मध्यपुर थिमि, भक्तपुर र सूर्य विनायक नगरपालिकाहरुले भक्तपुर जिल्लाका स्थायीबासीहरुलाई नगरपालिकाले सोधभर्ना गर्ने गरी निःशुल्क रगत तथा रक्ततत्व वितरणको कार्य गर्दै आएको हो।जिल्लाका चारवटै नगरपालिका (भक्तपुर, मध्यपुर थिमि, सूर्य विनायक र चाँगुनारायण) सँंग छुटाछुटै सम्झौता गरेर आ आफ्नो पालिकाका नगर बासीलाई निःशुल्क रगत वितरण गरिएको हो।बिरामीले निःशुल्क रगत पाउन थालेपछि आर्थिक रूपमा विपन्न नागरिकलाई निकै राहत पुगेको अनुभव यहाँ गरिएको छ।बिरामीलाई रगत दिएपछि त्यसको शुल्क यहाँ सम्बन्धित नगरपालिकाहरुले बेहोर्ने गर्छ।

रगत स्थानीय जिल्लावासीले मात्रै निःशुल्क पाउने हो।यसको लागि बिरामीका आफन्तले बिरामीको भक्तपुर जिल्लाभित्र स्थायी ठेगाना भएको परिचय खुल्ने आधिकारिक परिचयपत्र र सम्बन्धित अस्पतालका चिकित्सकको रगत आवश्यकता रहेको सिफारिस पत्र पेस गर्नुपर्छ।यसका लागि स्थानीयवासी प्रमाणित गर्ने सरकारी कागजात जस्तै नागरिकता, मतदाता परिचयपत्रको एक प्रतिलिपि देखाउनु पर्छ।त्यस्तै यदि बसाइसराइ गरेर आएको हो भने बसाइसराइको कागजात प्रतिलिपि देखाउनु पर्छ।यसैको आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने गर्दछ।अहिले जिल्लावासीबाहेकलाई पनि निःशुल्क रगत प्रदान गर्न रेडक्रसले अन्य नगरपालिका, गाउँपालिका र अस्पतालहरूसँग सहकार्य गर्दै जाने योजना अगाडि सारिरहेको छ।यही योजना अनुसार सम्झौता गर्ने क्रम जारी रहेको बताइएको छ।साथै रगत लिन बिरामीका आफन्त कोही पनि खाली नजाओस् भन्ने हेतुले भक्तपुरको दुधपाटी सिद्ध पोखरी र काठमाडौँको जमलमा दैनिक रक्तदान कार्यक्रम हुँदै आएको जनाएको छ ।

हालसम्म भक्तपुर जिल्लाको चारै वटा नगरपालिकामा जम्मा २ हजार १ सय ६७ पिंट निःशुल्क रगत वितरण भएको तथ्याङ्क छ।सबभन्दा बढी भक्तपुर नगरपालिकाका बिरामीबाट रगत माग हुने गरेको तथ्याङ्क छ।भक्तपुर नगरपालिकामा ८ सय १६ पिंट वितरण गरिएको छ।त्यस्तै मध्यपुर थिमिमा ६ सय ५ पिंट, चाँगुनारायणमा ५ सय ३२ पिंट र सूर्य विनायक नगरपालिकामा २ सय १४ पिट निः शुल्क रगत सेवा लिइसकेको तथ्याङ्क सार्वजनिक छ ।

तस्बिरहरू छन्। 

प्रकाशित: ३० जेष्ठ २०८० ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App