२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाहमा प्रगति

नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको छ।  

आज काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यु एराले सार्वजनिक गरेको सर्वेक्षणमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य हेरचाह, पोषण, प्रजनन तथा बाल स्वास्थ्यमा प्रगति भएको देखिएको हो। सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालीहरुको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको देखिएको नीति, योजना तथा अनुगमन महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले बताए। उनले नेपाली महिलाहरुले बढ्दो संख्यामा मातृ स्वास्थ्य सेवा लिने गरेको सर्वेक्षणले देखाएको जानकारी दिए।

 उनका अनुसार चौरानब्बे प्रतिशत गर्भवती महिलाले दक्ष स्वास्थ्यकर्मी, नर्स, अनमीबाट गर्भवती सेवा प्राप्त गरेको सर्वेक्षणले देखाएको छ। बच्चा जन्मेपछि १० मध्ये, ७ महिला र नवजात शिशुलाई जन्मेको दुइृ दिनभित्र स्वास्थ्य जाँच गराइएको सर्वेक्षणले देखाएको छ। नेपालमा ५७ प्रतिशत विवाहित महिलाहरुले परिवार नियोजनको साधन प्रयोग गर्ने, ४३ प्रतिशतले आधुनिक परिवार नियोजनको साधन वा विधि प्रयोग गर्ने र १५ प्रतिशतले परम्परागत विधिहरु प्रयोग गर्ने गरेको सर्वेक्षणमा देखिएको छ। २०२२ एनडिएचएसमा नेपालले कुल प्रजनन दरलाई २.१ मा घटाउने दिगो विकास लक्ष्य २०३० लाइ पूरा गरेको छ।

विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको तथ्यांकले देखाएको छ। त्यस्तै ५ वर्ष मुनिको बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको सर्वेक्षणले देखाएको छ। पुड्कोपन पनि २०२२ मा २५ प्रतिशतमा झरेको छ, १९९६ मा ५७ प्रतिशत रहेको थियो।  त्यस्तै किशोरीवस्थाको प्रजनन दर उच्च रहेको जसमा १५ देखि १९ उमेर समूहका १४ प्रतिशत किशोरीहरु गर्भवती हुने अध्ययनले देखाएको छ।  

प्रकाशित: ८ असार २०८० १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App