१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बिरामीको उपचारमा सहजता ल्याउन रगत समूह पहिचान सुरु

जुम्लामा पश्चिम नेपालकै ठूलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल छ। अस्पताल ब्लड स्टोरेज गर्ने ल्याबमा व्यवस्थापन भए पनि रगत पर्याप्त हुँदैन। उपचार गर्न आउने बिरामीलाई रगत आवश्यक पर्दा सकस हुने गरेको छ।

अस्पतालले बिरामीलाई रगत आवश्यकता पर्दा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा हारगुहार गर्नुपर्ने अवस्था हुन्छ।

पछिल्लो समय सुरक्षाकर्मीले नै ब्लड बैंकका रूपमा काम गर्दै आएका छन्। कतिपय अवस्थामा बिरामीका आफन्तले रगत दिन्छन् भने युवाले पनि आकस्मिक रूपमा ब्लड उपलब्ध गराउँदै आएको स्थानीय युवा महेन्द्र कार्कीले बताए। यही समस्यालाई मध्यनजर गर्दै चन्दननाथ नगरपालिका– ४ वडाले रगत समूह पहिचान गर्न थालेको छ।

जुम्लामा पश्चिम नेपालकै ठूलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल छ। अस्पताल ब्लड स्टोरेज गर्ने ल्याबमा व्यवस्थापन भए पनि रगत पर्याप्त हुँदैन।

वडाभित्रका २ हजार ५ सय व्यक्तिको रगत समूह पहिचान गर्न थालिएको वडाध्यक्ष नवराज देवकोटाले बताए।

‘जुम्लामा ब्लड बैंक छैन। बिरामी हुँदा आकस्मिक रूपमा रगत आवश्यकता पर्दछ। रगत समूह पहिचान भएपछि कुन बिरामीलाई कुन समूहको रगत आवश्यक पर्ने हो, त्यही ग्रुपपको रगत दिन सजिलो होस् भनेर रगत समूह पहिचान गर्न थालिएको हो’, उनले भने, ‘दुईतीन हप्ताका शनिबार रगत समूह पहिचान कार्यक्रम गर्ने लक्ष्य छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत आवश्यक परेमा तत्काल खोज्न समस्या हुने गरेको बताए।

उनले भने, ‘रगत समूह पहिचान भएको खण्डमा रगत दिन पनि सहज हुन्छ। रगत व्यवस्थापन गर्न नसक्दा अस्पताल आएका बिरामीलाई उपचार गर्न समस्या हुने गरेको छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत आवश्यक परेमा तत्काल खोज्न समस्या हुने गरेको बताए।

अस्पतालमा आएका बिरामीलाई रगत उपलब्ध गराउन सहज होस् भनेर एक वर्ष पहिले थालिएको रगत समूह पहिचान तथा डोनेसन कार्यक्रम चन्दननाथ नगरपालिका–४ मा गर्न सफल भएको डा. रोकायाले बताए।

यो वडाका सिंगाचौर, मालाभिड र भारतीवाडाका नागरिकको रगत समूह पहिचान गर्न खोजिएको हो। ‘यो नयाँ कार्य हो। अरू वडाले पनि सबै नागरिकको रगत समूह पहिचान गरी राख्न आवश्यक छ’, उनले भने, ‘रगत समूह पहिचान भएका खण्डमा रगत लिन र दिन सहज हुन्छ।’

सबै नागरिकले रक्तदान गरेको खण्डमा प्रतिष्ठानको ल्याबमा राख्न सकिने अवस्था रहेको उनले बताए। प्रतिष्ठानमा रगत भण्डारणको पनि व्यवस्था रहेको छ। चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले रगत समूह पहिचान कार्य महत्वपूर्ण रहेको बताइन्।

सबै नागरिकले रक्तदान गरेको खण्डमा प्रतिष्ठानको ल्याबमा राख्न सकिने अवस्था रहेको उनले बताए। प्रतिष्ठानमा रगत भण्डारणको पनि व्यवस्था रहेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रेडक्रस जुम्लाको प्राविधिक सहयोग र चन्दननाथ नगरपालिका–४ वडा कार्यालयको आयोजनामा रगत समूह पहिचान कार्यक्रम सुरु गरिएको हो।

प्रकाशित: ११ वैशाख २०८० ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App