२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कलेजो प्रत्यारोपण गर्ने बढ्दै

भक्तपुरको दुधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कलेजो फेर्र्नेे बिरामी संख्या ह्वात्तै बढेको छ।

कलेजो दिएर बुबालाई बचाउने बहादुर छोरी

पोखरा महानगरपालिका– ३० पावरहाउसकी रञ्जनाले आफ्नै कलेजो दिएर बुबा वासुदेव लामिछानेलाई जीवनदान दिएकी छन्।

टिचिङ अस्पताल कलेजो प्रत्यारोपणमा आत्मनिर्भर

डा. भण्डारीले भने ’यो हाम्रा लागि ऐतिहासिक क्षण हो। टिचिङको मात्र टिमले गरेको यो कार्यलाई आत्मनिर्भर भइसकेको रूपमा लिएका छौ।’

कलेजो, किड्नी दान गर्न नेकपा समाजवादीद्वारा नेता कार्यकर्तालाई आह्वान

बैठकले जटिल रोगका बिरामीहरूलाई आवश्यक शरीरका अङ्गहरू दान गर्न आफ्ना नेता र कार्यकर्ताहरूलाई आव्हान गरेको छ।

श्रीमानको कलेजो र भाउजूको मिर्गौलाले बाँचेकी सोनाकुमारी

चितवन भरतपुरकी सोनाकुमारी थापा भुजेल कलेजो र मिर्गौला दुवैको प्रत्यारोपण पछि नयाँ जीवन पाएकोमा दङ्ग छिन्।

किष्ट अस्पतालमा कलेजो र मिर्गौलाको एकैसाथ प्रत्यारोपण

अस्पतालले सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण गरेको अस्पतालका प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए।

कानुन छ, चेतना छैन

धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका अनुसार हालसम्म यो कन्द्रबाट ११ सय जनामा मिर्गौला प्रत्यारोपण ११ जनामा कलेजो प्रत्यारोपण भएको छ। हाल केन्द्रमा ७ सय मिर्गौला प्रत्यारोपण र ६० जना कलेजो प्रत्यारोपणको पर्खाइमा छन्।

नेपालमा सूर्ति र मदिरा प्रयोग गर्नेमा महिलाभन्दा पुरुष बढी

नेपालमा सूर्ति तथा मदिराजन्य पदार्थ प्रयोगकर्तामा महिलाको तुलनामा पुरुष बढी भएको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले यी दुवै पदार्थ प्रयोग गर्नेमा पुरुष बढी भएको रिपोेर्ट सार्वजनिक गरेको हो।

चौथो पटक कलेजो प्रत्यारोपण सफल

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ।

'कलेजाेकाे तुलना उपहारसँग हुन सक्दैन'

बलराम नागालाई दिदी सानुमैयाले कलेजो दिएर बचाइन्। वैशाख १२ को भूकम्पमा शान्ति माटोले पुरिइन्। भाइ प्रज्वल, काका र गाउँलेको सहयोगमा उनले नयाँ जीवन पाइन्। यी दुवै दिदीभाइ भाइटीका मनाउन उत्साहित छन्।

शिक्षण अस्पतालमा तेस्रोपटक कलेजो प्रत्यारोपण सफल

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ।

टिचिङमा दोस्रो कलेजो प्रत्यारोपण सफल

डेढ महिनाअघि पहिलो पटक कलेजो प्रत्यारोपण गरेको टिचिङ अस्पताल महाराजगन्जमा दोस्रो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरका ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण भएको हो । कलेजो सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा दिल्लीको फोर्टस् अस्पतालका वरिष्ठ चिकित्सक विवेक बीजको सहयोगमा प्रत्यारोपण सम्पन्न भएको हो ।

कलेजाको टुक्राबाट कलेजो

डेढ महिनाअघिसम्म काठमाडौं, हात्तीगौंडाका ५८ वर्षीय पदमबहादुर मल्ललाई खुसीका दिन आउलान् जस्तो लागेको थिएन। न त शरीर नै यति तन्दुरुस्त होला भन्ने लागेको थियो। एक वर्षअघि आफ्नो कलेजो बिग्रिसकेको थाहा पाएपछि मल्ल परिवारमा खुसी हराएको थियो। एक वर्षदेखि रक्सी सेवनका कारण कलेजोमा सिरोसिस भएपछि उनको यस्तो हविगत भएको थियो। तर गत जेठको तेस्रो साता टिचिङ अस्पतालमा उनको कलेजो प्रत्यारोपण सफल भएकाले मल्ल परिवारमा खुसी छाएको छ। अस्पतालका इन्ट्रोग्यास्ट्रोलोजी सर्जन डा. रमेश भण्डारीको नेतृत्वमा कलेजो प्रत्यारोपण भएको हो। उनलाई आफ्नै जेठी छोरी पुर्णी शाहीले कलेजो दान गरेकी छिन्।

‘लिभर सिरोसिस’को उच्च जोखिम

खानपान तथा शारीरिक व्यायामको कमीले ‘लिभर सिरोसिस’ जोकोहीलाई हुनसक्छ, त्यसकारण कलेजोलाई सुरक्षित राख्न खानपानमा ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन्।

टिचिङमा कलेजो प्रत्यारोपण

त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ। अस्पतालका सर्जन डा. रमेशसिंह भण्डारीको टोलीले भारतको एपोलो अस्पतालका चिकित्सकको सहयोगमा काठमाडौंका ५८ वर्षीय पुरुषमा शुक्रबार राति कलेजो प्रत्यारोपण गरेको हो। ती पुरुषमा उनकै ३३ वर्षीया छोरीको कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपण गर्न १० घन्टा लागेको थियो। शल्यक्रियामार्फत कलेजो प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। कलेजो बिग्रिएपछि उनलाई लिभर सिरोसिस भएको थियो। अस्पतालका अनुसार परिवारको आग्रहमा बिरामी र उनलाई कलेजो दिने छोरीको नाम गोप्य राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्