२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

टिचिङ अस्पताल कलेजो प्रत्यारोपणमा आत्मनिर्भर

प्रत्यारोपणका लागि अब बाहिरका चिकित्सक आउनु पर्दैन

त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणमा आत्मनिर्भर हुने नेपालकाे पहिलाे अस्पताल बनेकाे छ। पछिल्लो पटकको कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंंह भण्डारी सहितको टोलीले सफल प्रत्यारोपण गरेको छ। यस अघि भारतीय विशेषज्ञको टोली सहभागी हुने गरेको थियो।

डा= भण्डारीका अनुसार नेपाली चिकित्सकहरूको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषमा  कलेजो प्रत्यारोपण गरेको थियो।  ती पुरुषलाई उनकी ४० बर्सिया श्रीमतीले कलेजो दिएकी थिइन्। प्रत्यारोपण गरिएका पुरुषको स्वास्थ्य राम्रो भएपछि बिहीबार डिस्चार्ज गर्न लागिएको हो। कलेजो दिएकी उनको श्रीमती भने १ं० दिन अघि नै डिस्चार्ज भएकी छिन्।

कलेजो प्रत्यारोपणमा आत्मनिर्भर भएको बारेमा डा. भण्डारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए। डा. भण्डारीले भने ’यो हाम्रालागि ऐतिहासिक क्षण हो’ टिचिङको मात्र टिमले गरेको यो कार्यलाई आत्मनिर्भर भइसकेको रूपमा लिएका छौ।’ 

सन् २०१९ मा टिचिङ अस्पतालले कलेजो प्रत्यारोपण सुरु गरेकोमा पाँच वर्षपछि मात्र प्रत्यारोपणमा आत्मनिर्भर बनेको हो। कलेजो प्रत्यारोपण आफैमा जटिल उपचार भएकोले यस अघिका प्रत्यारोपणमा एक्लै प्रत्यारोपण नगरी अनुभवी भारतीय चिकित्सकको सहयोग लिने गरेको भण्डारीले बताए।

‘हामी मात्र हैन,अरू अस्पतालले पनि अहिलेसम्म भारतीय चिकित्सककै सहकार्यमा प्रत्यारोपण गरिरहनु भएको छ ’उनले भने। प्रत्यारोपणमा आत्मनिर्भर हुनुमा डा. भण्डारीले यो उपलब्धिमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीदेखि कर्मचारीहरूको ठुलो साथ र सहयोग रहेको बताए।

प्रकाशित: १८ माघ २०८० ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App