१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कलेजो दिएर बुबालाई बचाउने बहादुर छोरी

छोरा हुन् वा छोरी, बुबाआमाका लागि कलेजोका टुक्रा हुन्, जसलाई हुर्काउन आमाबुबाले सारा दुःख बिर्सन्छन् तर छोराछोरी ठूला भएपछि बाआमा बिर्सन्छन्। यो भनाइलाई मिथ्या सावित गरिदिएकी छन् पोखराकी रञ्जना बरालले।

पोखरा महानगरपालिका– ३० पावरहाउसकी रञ्जनाले आफ्नै कलेजो दिएर बुबालाई जीवनदान दिएकी छन्। उनले विगत पाँच वर्षदेखि कलेजोका बिरामी रहेका आफ्नै बुबा पोखरा– ३० खुदीका वासुदेव लामिछानेलाई कलेजो दान गरेर उदाहरणीय छोरी बनेकी छन्।

६४ वर्षीय लामिछाने कलेजो बिग्रिएर थलिएका थिए। चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएपछि उनी कलेजोको खोजीमा थिए। वासुदेवको रक्तसँग परिवारका धेरै सदस्यको रक्त समूह मिलेन। भाग्यले भनौं वा संयोग भनौं, लामिछानेको रक्त समूह छोरी रञ्जनाको रक्त समूहसँग मिल्यो। त्यसपछि रञ्जनाले बुबालाई कलेजो दिने निर्णय सुनाइन्। अनि छायो परिवारमा खुसी।

लामिछानेको गत आइतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको छ। दुवैको स्वास्थ्य सामान्य रहेको छोरा सुशील लामिछानेले जानकारी दिए। उनका अनुसार दिदी रञ्जनाको अबको एक हप्तामा डिस्चार्ज हुँदै छ भने बुबा वासुदेवको १५/१६ दिनपछाडि डिस्चार्ज हुनेछ।

परिवारका अन्य सदस्यसँग रक्त समूहसँग बुबाको रक्त समूह नमिलेपछि हामी निराश थियौं, लामिछानेका छोरा सुशीलले भने, ‘धन्न दिदी रञ्जनाको रक्त समूह मिल्यो। दुवैको रक्त समूह ओ–पोजिटिभ भएको र दिदीले कलेजो म दिन्छु भनेपछि बुबाले पुनर्जीवन पाउनुभएको छ।’

बुबालाई कलेजो दान गरेर जीवन बचाउन पाएकोमा रञ्जना खुसीले गद्गद् भएकी छन्। उनले भनिन्, ‘बुबालाई कलेजो प्रदान गर्न पाउने म भाग्यमानी छोरी हुँ। मैले केवल कर्तव्य मात्र पूरा गरेकी छु। यसले अरुलाई पनि प्रेरणा मिलेको छ।’

प्रकाशित: २५ फाल्गुन २०८० १७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App