७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

चितवनको पुरानो मेडिकल कलेजलाई कलेजो प्रत्यारोपण अनुमति

अहिलेसम्म काठमाडौं उपत्यकामा सीमित कलेजो प्रत्यारोपण सेवा अब उपत्यकाबाहिरै पाइने भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स नेपाल)लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएपछि यो सम्भव भएको हो।

हेपाटाइटिस बी र सीले यसरी खान्छ कलेजो

भक्तपुरका ३८ वर्षीय अनुप श्रेष्ठ (नाम परिवर्तन) यतिबेला वीर अस्पतालको शैयामा जीवन खोजिरहेछन्। तर उनले पुनर्जीवन पाउने सबै ढोका लगभग बन्द भइसकेका छन्। कारण अहिले उनी कलेजको गम्भीर रोग हेपाटाइटिस ‘सी’ ले थला परेका छन्। यतिमात्र हैन उनमा एचआइभीसमेत संक्रमण भइसकेको छ। जसका कारण उनको कलेजोमा सिरोसिस(कलेजो धेरै बिग्रेको अवस्था) भइसकेको छ।

अब टिचिङमा कलेजो प्रत्यारोपण हुने

अब महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुने भएको छ। ६ महिनाअघि सुरु हुने भनिएको प्रत्यारोपण सेवा कानुनी र प्राविधिक कठिनाइका कारण ढिलाइ भएको चिकित्सकहरूको भनाइ छ।

नर्भिकमा कलेजो प्रत्यारोपण तयारी

नर्भिकको विस्तारित सेवा अबमार्फत कलेजो प्रत्यारोपण गर्ने तयारी भइरहेको छ। सन् २०१२ मै स्थापना भएको नर्भिकै पाचनप्रणाली तथा उपचार केन्द्रकै नेतृत्वमा डा. मधु घिमिरेको नेतृत्वमा उक्त सेवा सुरु गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।

रक्सीले कलेजो खाएपछि...

कलेजो बिग्रिन सुरु भएपछि सुरुको अवस्थामा ग्याष्टिक भए जस्तो हुने, खाना मन नलाग्ने, दाहिने कोखा दुख्ने, खाना पचाउन गाह्रो हुने जस्ता लक्षण देखिन्छन् ।

रक्सीले बिगार्छ कलेजो

भक्तपुर ब्यासीका ५१ वर्षीय रवि प्रजापति यतिखेर वीर अस्पतालमा उपचार गराइरहेका छन् । गत पुसदेखि बिरामी भएका प्रजापतिले सिभिल अस्पतालमा दुई महिना बिताए । केही समय घरमै औषधि खाएर बसे । निको नभएपछि उनी वीर अस्पतालमा पुगेका हुन् । लामो समयसम्म रक्सी सेवन गरेका कारण उनको कलेजो बिग्रिएको छ।

टिचिङमा कलेजो प्रत्यारोपण हुँदै

त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणको अन्तिम तयारीमा पुगेको छ। ‘जेठ दोस्रो साताभित्र कम्तीमा एक जना बिरामीमा प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको छ,’ अस्पतालका प्रशासक मानबहादुर भट्टले भने। कलेजो प्रत्यारोपण गर्न जतिसक्दो छिटो तयारीमा जुटिरहेको प्रत्यारोपणको नेतृत्व गरिरहेका कलेजो तथा प्यानक्रियाज सर्जन प्राध्यापक डा. रमेशसिंह भण्डारीले बताए।

दिदीको कलेजोले भाइलाई नयाँ जीवन

भूकम्पमा घर भत्किएपछि भक्तपुर, सूर्यविनायकका ३६ वर्षे बलराम नागा तनाब भुल्ने बहानामा अत्यधिक मदिरा सेवन गर्न थाले। मदिराको लतले अन्ततः उनको जीवनलाई गम्भीर खतरामा पुर्‍यायो।

नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण

नेपालमा पहिलोपटक कलोजो प्रत्यारोपण गरिएको छ। भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा ८ घण्टा लामो शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरिएको हो। कोरियाका डा. डेभिन कोनको नेतृत्वमा १४ जनाको टोलीले सफल शल्यक्रिया गरेको हो।

अब नेपाल मै कलेजो प्रत्यारोपण

स्वास्थ्य मन्त्रालयले नेपालमै कलेजो प्रत्यारोपण शुरु गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यरोपणको बाटो खुल्ला गरेको हो। नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यू भएकाहरुको आठ वटा अंग लिने र प्रत्यारोपण गर्नेबाटो समेत खुल्ला गरेको छ।

जीवनशैलीका कारण कलेजोमा बोसो जम्ने समस्या बढ्दो

जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ। वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा. डा. विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्