७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

चौथो पटक कलेजो प्रत्यारोपण सफल

काठमाडौ - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपण कार्यले सफलता प्राप्त गरेको छ। शुक्रबार साझ काठमाडाैंकै बौद्धका ५७ वर्षीय बुवालाई उनकी २७ वर्षीया छोरीले कलेजो दान गरेकी हुन्।

झण्डै नौ घण्टा लगाएर अंग प्रत्यारोपण सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारीको टोलीले सफल रूपमा कलेजो प्रत्यारोपण गरेको हो। प्रत्यारोपित बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ।

डाक्टर भण्डारीकै नेतृत्वको टिमले गत जेठ १८ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो। त्यसपछि साउन ३ मा दोस्रो र कात्तिक १ गते तेस्रोपटक कलेजो प्रत्यारोपण गरिएको थियो। प्रा. भण्डारीका अनुसार यो प्रत्यारोपण चौथो पटक सफलतापूर्वक सम्पन्न भएको हो।

प्रकाशित: २५ माघ २०७६ ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App