४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जनताले महशुस गर्ने गरी विकास र समृद्धिको सपना साकार पार्छौं: खाँण

‘यहाँका ठूलादेखि साना आयोजनाहरु नेपाली काँग्रेसले ल्याएको हो तर अन्य पार्टीका केही नेता साथीहरुले अहिले यो पनि मैले गरेको त्यो पनि मेले गरेको भनेर भ्रम छरिरहनु भएको छ' खाँणले भने।

पहिलाका सहयोगी अहिले प्रतिस्पर्धी

नेकपा एमालेका सचिव योगेश भट्टराई दोस्रो पटक ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। जितलाई निरन्तरता दिने अभियानमा रहेका उनका लागि यसअघि सघाएका माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ चुनौती बनेका छन्।

मकवानपुर २ का उम्मेदवार विरोध खतिवडामाथि हातपात

हातपातमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

निर्वाचन आयोगले सोध्यो डा झालाई स्पष्टीकरण

डा. झाले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको प्रचार–प्रसार गरेको देखिएकाले सो निर्देशन दिइएको हो।

आयोगबाट तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने

राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउनुपर्छ।

ईश्वर पोखरेलसँग बहस गर्न ईच्छुक दुई उम्मेदवार

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रा.डा. रामप्रसाद उप्रेदी र स्वतन्त्रका हेमराज थापासँगको निर्वाचन बहस।

कपिलवस्तुमा पुरानै अनुहार चुनावी मैदानमा

कपिलवस्तु–३ मा एमालेबाट मंगलप्रसाद गुप्ता उम्मेदवार बनेका छन्। गुप्ता २०७४ सालमा जसपाबाट उम्मेदवार बनेका थिए। सो क्षेत्रमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वरदयाल मिश्र उम्मेदवार छन्। गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर उठेका मिश्र यसपटक भने आफ्नै पार्टीबाट उम्मेदवार बनेका हुन्।

पाका उम्मेदवारसँग भिड्दै मानुषी

पाका र परिपक्व नेताहरूलाई चुनौती दिँदै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी अस्मिता सिंह (मानुषी) यमी भट्टराई घरदैलो र चुनावी सभामा सक्रिय छिन्।

चुनाव निष्पक्ष हुन्छ– शिक्षामन्त्री पौडेल

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री पौडेलले सो क्षेत्रबाट भारी मतान्तरसहित गठबन्धनले जित्ने दाबी गरे। 'पन्ध्र हजार मतले हामी चुनाव जित्छौँ, यसमा कुनै शङ्का छैन', उनले भने।

बारा २ मा दुवै गठबन्धनका उम्मेदवारलाई स्वतन्त्रको चुनौती

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा, एमाले–जसपा गठबन्धनबाट जसपका रामसहायक यादव चुनावी मैदानमा रहेका छन्। स्वतन्त्रबाट वरिष्ठ अधिवक्ता अरुणकुमार ज्ञवाली, राम किशोर यादव, रबिन्द्र यादव लगाएतका प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि प्रतिस्पर्धामा रहेका छन्।

बन्दसूचीबाट हटाइएका ५ सय ५० को नामावली सार्वजनिक

उक्त प्रणालीतर्फ छ हजार चारसय ५७ जना उम्मेदवार रहेकामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने तीन सय ६९, उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट गरी पाँच सय ४८ र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक गरी कूल पाँच सय ५० व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएको छ।

दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी

०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन्। दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्।

निर्वाचन आयोगमा शनिबार पनि जरिवाना बुझाउन सकिने

कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनसमेतमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको र जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारको हकमा बन्दसूचीबाट नाम हटाइने आयोगको समानुपातिक प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।

पहिले सहयात्री, अहिले प्रतिस्पर्धी

अघिल्लो चुनावमा भन्दा अहिले दलीय तालमेल फेरिनु, पार्टीहरू विभाजन हुनु र दल अदलबदलले पहिला सहकर्मी/सहयात्री बनेका नेताहरूबीच नै प्रतिस्पर्धा हुन लागेको हो।

उम्मेदवार पुरानै, परिवेश फरक

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ–६ मा कांग्रेसका शेखर कोइराला र एमालेका लालबाबु पण्डित प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी उम्मेदवार पुरानै भए पनि परिवेश भने बदलिएको छ। अघिल्लो चुनावमा एमाले–माओवादी गठबन्धन थियो, एमाले एकढिक्का थियो। तर अहिले एमालेबाट टुक्रिएर नेकपा एस बनेको छ। अघिल्लो पटक एमालेसँग मिलेको माओवादी अहिले कांग्रेस गठबन्धनमा छ। अहिले मोरङमा एमाले–जसपा गठबन्धन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्