coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मकवानपुर २ का उम्मेदवार विरोध खतिवडामाथि हातपात

सत्तारुढ गठन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ। नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य खतिवडामाथि जिल्लाको मनहरी गाउँपालिका–४ मसिने स्थित गोलघरमा भएको चुनावी सभामा जाने क्रममा हातपात भएको हो। 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का ५५ वर्षीय पुरुषोत्तम खड्काले खतिवडामाथि हातपात गरेका हुन्। गठबन्धनले आयोजना गरेको मनहरी गाउँपालिका ३ र ४ नम्बर वडाको संयुक्त कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका थिए।  हातपातमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उम्मेदवार खतिवडालाई हातपान गर्ने व्यक्तिले मादकपदार्थ सेवन गरेको र पुरानो रिसइबी भएको देखिएको डीएसपी कार्कीले बताए। नियन्त्रणमा रहेका खड्कामाथि आवश्यक अनुसन्धान अघि बढाइएको उनले बताए। 

घटनाका विषयमा प्रतिक्रिया लिन खोज्दा खतिवडाको फोन सम्पर्क हुन सकेन। घटनापछि चुनावी कार्यक्रम भने सहज रूपमा चलेको थियो। पूर्व स्वास्थ्य मन्त्री समेत रहेका खतिवडा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) लगायतको गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को उम्मेदवार रहेका छन्।  

प्रकाशित: २२ कार्तिक २०७९ १२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App