२३ पुस २०८१ मंगलबार
image/svg+xml

एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार

तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ।

१ अर्ब बराबरको दुध अझै मौज्दात, बिक्री नहुँदा रकम भुक्तानीमा समस्या

किसानले भुक्तानी पाउने भन्दा बढी मूल्य बराबरको दुध मौज्दात हुँदा दुध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ।

सत्तारुढ गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा होः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामक न्युनतम साझा कार्यक्रम कागजको खोस्टा जस्तै भएको टिप्पणी गरेका छन्।

लामो समयपछि वर्षा,खुसी भए किसान

लामो समयपछि वर्षा भएपछि किसान खुसी भएका छन्। गए रातिदेखि नियमित पानी परेपछि यहाँ विशेष गरी अलैँची तथा चिया किसान खुसी भएका छन्।

खाद्य प्रणाली सम्मेलन र किसान विद्रोह

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन्।

नेमकिपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ।

किसानको क्रन्दन नसुन्ने सरकार

अन्न उत्पादन गर्ने किसानहरू फागुन ८ गतेदेखि धर्नामा छन्। जिल्ला प्रशासन कार्यालय दाङसामु सात सयभन्दा बढी पीडित किसानहरू चिसो भुइँमा सुत्न बाध्य छन्।

विद्यालयपरिसरमै च्याउ र तरकारी खेती : पढ्दै कमाउँदै विद्यार्थी

विद्यालयपरिसरमै च्याउ र तरकारी खेती गरेर म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौर र मालिका गाउँपालिका– ७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन्।

आलुमा रोग लागेपछि किसान चिन्तित

सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरी खेती छाडेर आलु खेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन्।

स्वदेशी महले पाएन बजार

जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन्। चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन्।

भारत किसान आन्दोलनः आज फेरि राजधानी दिल्ली तर्फ बढ्ने प्रयास

किसानहरूले आज फेरि राजधानी दिल्ली तर्फ बढ्ने भनेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

आगो बालेर तर्साए पनि भागेन हात्ती

राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन्।

हिउँले ढाकिएको हुम्ला (तस्बिरसहित)

हुम्लामा शनिबार रातिदेखि हिमपात भएपछि आज बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा हिउँ जमेको छ।

सिक्टा नहरका किसानले अझै पाएनन् मुआब्जा

बाँके, खजुरा– ७ की परमावती कुर्मीको करिव १३ कठ्ठा जमिन सिक्टा सिँचाइ आयोजनाको शाखा नहर क्षेत्रभित्र परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्