१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत किसान आन्दोलनः आज फेरि राजधानी दिल्ली तर्फ बढ्ने प्रयास

भारतमा २३ दिनदेखि जारी किसान आन्दोलन आज फेरि राजधानी दिल्ली तर्फ बढ्न लागेको छ।

किसानहरूले आज फेरि राजधानी दिल्ली तर्फ बढ्ने भनेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

किसान अगुवा सरवन सिंह पंढेरल देशभरका किसानलाई दिल्ली पुग्नका लागि आह्वान गरेका छन्। किसानहरूले ट्याक्टरसहितको जुलुश निकाल्ने तयारी गरिरहेको छ। साथै १० मार्चका दिन रेल रोकौँ आन्दोलनको पनि अपिल गरिएको छ।

यसअघि पनि किसानहरूले दिल्ली बढ्न खोज्दा प्रहरीले अश्रु ग्यास प्रहार गर्दा र झडप हुँदा एकजना किसानको मृत्यु भएको थियो।

अन्नबालीका लागि न्यूनतम समर्थन मूल्य (एमएसपी) सुनिश्चितताको माग, किसानको ऋण मिनाहा र ६० वर्षभन्दा बढी उमेर भएका किसानलाई पेन्सनको व्यवस्था लगायतका माग राखी किसानहरू विगत २३ दिनदेखि आन्दोलनमा छन्।

प्रकाशित: २३ फाल्गुन २०८० ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App