१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

नेपालद्वारा जम्मू कश्मीरमा भएको आतंकवादी हमलाको कडा निन्दा

नेपालले जम्मू कश्मीरको पाहलगाममा एक नेपालीसहित २८ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलालाई बर्बर भन्दै कडा निन्दा गरेको छ। 

मंगलबार भएको यो हमलामा १२ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ। हमलाको जिम्मेवारी 'द रेसिस्टेन्स फ्रन्ट'ले लिएको छ। यो हमला सन् २०१९ को 'पुलवामा हमला' पछिको सबैभन्दा घातक हमलामध्ये एक मानिएको छ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘जम्मू कश्मीरको पाहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको नेपाल स्पष्ट रूपमा निन्दा गर्दछ।’ 

नेपालले भारत सरकार र जनतासँग यस दुखको घडीमा दृढ ऐक्यबद्धता जनाएको छ। नेपालले आफ्नो सैद्धान्तिक अडानअनुरूप सबै प्रकारका आतंकवादको निन्दा गरेको र यस्ता जघन्य कार्यलाई कुनै पनि आधारमा उचित ठहराउन नसकिने स्पष्ट पारेको छ। यो हमलालाई लिएर अमेरिका, बेलायतसहित विश्वभरका नेताहरूले समेत निन्दा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउदी अरबको भ्रमण छोट्याएर दिल्ली फर्किएका छन्।

 

प्रकाशित: १० वैशाख २०८२ ०८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App