२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

किसानकी प्रेरणा- सुशीला विष्ट

धनगढी उपमहानगरपालिका–६ निवासी ३४ वर्षीय सुशीला विष्ट नेपाली साहित्यकी स्नातक हुन्। पाँच वर्षअघि कृषि व्यवसाय गर्ने सोच पलाए पनि उनीसँग लगानी गर्ने पैसा थिएन। सुशीलाले आफू र आमासँग भएको पाँच तोला सुन बेचेर आएको दुई लाख २५ हजार रूपैयाँ लगानी गरेर कैलारी–५ मा सात बिगाहा जमिन भाडामा लिइन्।

भाँडा लिएको जमिनमध्ये १० कट्ठा जमिन डेढ लाखमा बन्धकीमा बेचिन्। डेढ लाख रूपैयाँ लगानी गरेर भाडामा लिएको जमिनमा घाँस खेती, बाख्रापालन र फूल खेती सुरु गरिन्।

परिवारका सबै सदस्य उनीसँगै काममा खटिए। यही कर्मबाट उनले वार्षिक १५ लाखसम्म आम्दानी गर्न थालिन्। दुई वर्षपछि भैंसी पाल्नसमेत सुरु गरेकी उनले भैंसीपालनबाट भने अपेक्षाकृत आम्दानी भएन। अहिले आफ्नै गाउँठाउँमा बसेर वार्षिक ३० लाख आम्दानी गर्ने सुशीला नेपालमै बसेर कृषि कर्म गर्ने लाखौं कृषककी प्रेरणा बनेकी छन्।

 

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

 

प्रकाशित: २५ फाल्गुन २०८० ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App