२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्तारुढ गठबन्धनको साझा कार्यक्रम कागजको खोस्टा होः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामक न्युनतम साझा कार्यक्रम कागजको खोस्टा जस्तै भएको टिप्पणी गरेका छन्।

मंगलवार(हिजो)सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार संचालनका लागि सार्वजनिक गरेको सो कार्यक्रममा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको जिकिर गर्दै त्यसको कुनै अर्थ नभएको बताए।  

सांसद सुवालले भने, ‘सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महकाली,माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएका हुँदा यो साझा कार्यक्रम कागजको खोस्टा जस्तै हो। प्र्र्राङ्गारिक खेतीबारे क्युवाबाट सिक्न सकिन्छ। गरिवी हटाउन मित्र देश चीनको नमूना उपयुक्त हुने सुझाव यहाँ दिन चाहन्छु । सभामुखले सांसदहरुको अभिभावकीय भुमिका निर्वाह गर्न जरुरी छ।’

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद सुवालले गरिवी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि सरकारलाई सुझाव दिए। उनले प्राङगारिक खेतीबारे क्युवाबाट जानकारी लिन पनि सरकारलाई सचेत गराए। 

प्रकाशित: ७ चैत्र २०८० १४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App