२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेमकिपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ।

पार्टी केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें रोहितको अध्यक्षतामा मंगलबार बसेको पार्टी सचिवालय बैठकले आज संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहालमाथि हुने विश्वासको मतमा समर्थन नदिने निर्णय गरेको हो।

बैठकपछि पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालद्वारा जारी प्रेस विज्ञप्तिमा व्यक्तिभन्दा पनि पार्टी नीति हेर्ने भएकाले नेमकिपाले प्रधानमन्त्रीको विश्वासको मतदानमा विपक्षीमा मतदान गर्ने उल्लेख छ।

प्रधानमन्त्रीमाथिको विश्वासका मत दिने निर्णय भएका पार्टीहरू र नेकपा माओवादी केन्द्रको बीचमा नीतिमा खासै भिन्नता नभएको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ३० फाल्गुन २०८० १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App