३० श्रावण २०७७ शुक्रबार
Kumar Thapa
कुमार थापा


कुमार थापाका लेखहरु :

संघर्षदेखि नहारेका बलदेव

इतिहास भनेको केही महत्वपूर्ण व्यक्तिहरूको जीवनीहो । त्यस्तै इतिहास बोकेका व्यक्ति हुन्, बलदेव राम । बलदेव राम अहिले हामीसामु छैनन् । तर उनका विचार, सङ्घर्ष र योगदान भने जीवितै छन् । जसले सामाजिक आन्दोलनप्रति ऊर्जा थपेको छ ।

कोरोना, किसान र खाद्य सुरक्षा

नेपाल लगायत विश्वका २ सय १२ देश कोभिड–१९ को संक्रमणमा छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ को संक्रमणलाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै विभिन्न प्रभावित देशभाइरसलाई थप फैलन नदिन लकडाउनमा छन्।

भूकम्पले सिकाएको पाठ

महिलाले भान्छाको काम गर्दा पुरुष सरसफाइको काममा जुटेका हुन्छन्। खाना महिलाले मात्र पकाउँदैनन्, पुरुषले पनि पकाउँछन्। यो काम महिलाले गर्ने, त्यो काम पुरुषले गर्ने भन्ने छैन। त्यसैले पनि ह्योल्मो समुदाय अन्य समुदायको तुलनामा विशेष छ।

आमाको गलैँचा उद्योग

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–१, बाँसखर्ककी दावा तामाङ बिहानै उठेर गलैँचाको धागो तान्दै थिइन्। नुन–चियाको चुस्की लगाउँदै झरीमा बाहिरका कामबाट भन्दा गलैँचाबाट फाइदा भएकाले उनको दिनचर्या यही काममा बित्ने गरेको हो। आम्दानी राम्रै छ। दुई महिनामा एकजोर गलैँचा बुन्छिन्। एक जोरको सबै खर्च कटाएर २० हजार रुपैयाँ आउँछ।

आशा सुरक्षित घरको

सुरक्षित घर बनाउन पाइन्छ कि भन्ने आशासहित गुनासो बोकेर मेलम्ची नपा–९ ज्यामिरेका चक्रबहादुर भुजेल मेलम्ची बजार ओर्लिए।पुनर्निर्माण प्राधिकरणका प्रमुखसामु सोधे–‘छिमेकीको घर बन्यो मेरो कहिले बन्छ ?’ यस्तो प्रश्नउनमा मात्र सीमित छैन। उनी जस्तै सिन्धुपाल्चोकका कैयौँ सुकुमबासी र बिस्थापितले प्रमुखसामु ताली बजाएर भुजेलको प्रश्नप्रति ऐक्यबद्धता जनाए।हो पनि, सिन्धुपाल्चोकबाट मात्रै २ सय ३३ सुकुमबासी परिवारले सुरक्षित घर बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा निवेदन पेश गरे पनि घरचाहिँ बन्न सकेको छैन।

स्थानीय तहमा भू–उपयोग योजना

समृद्धिका कुरा र संकल्पले मात्र आर्थिक समानता र दिगो विकासको लक्ष्य पूरा हुन सक्दैन। त्यसका लागि सबैले सोच्नुपर्ने बेला आएको छ। सुरक्षित घर बनाउने बहानामा खेतीयोग्य फाँटको बीचमा घरहरू बनेका छन्। एउटा परिवारमात्र हैन, पूरै टोल नै फाँटमा सरेको छ। भूकम्पपश्चात गाउँबाट खेतीगर्ने फाँटमा झर्नेको संख्या झन् बढेको छ। गाउँबाट सहर पस्नेको संख्या पनि त्यत्तिकै छ। खेतीयोग्य जमिनमा घर र पाखो बारी बाँझो राखेर भारतबाट आएका खाद्य वस्तु भान्सामा भित्र्याउने क्रम बढेको छ।

गुठी पीडित किसानलाई न्याय कहिले ?

हेलम्बु गाउँपालिका वडा नं. ७  भञ्ज्याङका हरिप्रसाद चापागाईको पुस्ताले कमाएको गुठी जग्गा ७ वर्षको संघर्षपछि २०५८ सालमा मोही पुर्जा प्राप्त गरे। हरिप्रसादले महाकालेश्वरी महादेवको मन्दिरमा पूजा गर्छन्। हरेक वर्ष जनैपूर्णिमा र ऋषिपञ्चमीमा त्यस मन्दिरमा मेला लाग्छ। त्यसबेला पनि गुठी जग्गा कमाउने लगायत सबैले धुमधामले पूजा गर्छन्। तर, त्यही मन्दिरको नाममा पूजा गर्ने भनेर नै गुठी जमिन राखिएको छ। १५ किसान परिवारले त्यो जग्गा जोतभोग गरेर आफ्नो जीविका धानेका छन्।

हेलम्बु ‘लाइभ’

सरकारले बनाएको घरको डिजाइन उनीहरूको संस्कृतिअनुसार नभएपश्चात् उनीहरूकै पहलमा ह्योल्मो डिजाइन पास गरेका छन्। सबै नसके पनि एउटा मात्रै भए पनि ह्योल्मो डिजाइन अनुसारको झ्याल बनाउने प्रयास गरिरहेका छन्। तिम्बुको झोलुङ्गे पुल तरेर उकालो लाग्दा खामसुङ मेमेको घरको नुन, चिया र उनको मीठो मुस्कानले घ्याङ्गुलसम्मको उकालो पार गर्न ऊर्जा थप्यो।

जलवायु सम्मेलनमा नउठेका सवाल

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडाको राष्ट्रिय जलवायु सम्मेलनको चर्चा चलिरहँदा मेलम्ची नगरपालिका वडा नं. ६ का नेत्रबहादुर थापाले हरेक वर्ष सिँचाइका लागि ५ देखि ७ मिटर कुलोको मुहान सार्नु परेको दुःखेसो पोखे। इन्द्रावती बगरमा क्रसर उद्योग सञ्चालकहरूले मनोमानी रूपमा खोस्रिएकाले आफूहरूले हैरानी बेहोरेको किसानहरूको गुनासो थियो।

इन्द्रावतीमा अविरल बग्दछ समृद्धि

भिरखेतको डिलमुनिको भित्तोमा अस्थायी छाप्रोमा बसेका छन्, अम्रित भट्टराई । २०५० सालमा ऐलानी जमिन खोजी गरी गाविसको सहमतिमा उनकी आमाले घर बनाएकी थिइन् ।

बाधक आर्थिक विधेयक

खाद्य उत्पादनको प्रमुख साधन भूमिलाई मातासँग तुलना गरिएको छ । बच्चा जन्माउने, सृष्टि चलाउने, परिवारको पालनपोषण गर्ने, बीउवीजन भण्डारण गर्ने कुशल सिपकी खानी हुन् महिला ।

फेरि ओझेलमा पुनर्निर्माण

दाता या सहयोगीले जे भन्यो त्यही काम गरेर समुदायले रुचाएको पुनर्निर्माण हुन सक्दैन। प्राविधिक र आर्थिक सहयोग जहाँसुकैको भए पनि अगुवाइ समुदायकै हुनुपर्छ।

पुनर्निर्माणको अल्झनमा किसान

दशैं सकियो । तिहार पनि सकियो। हुँदाहुँदा छठ पनि सकियो । किसान धान थन्क्याउने चटारोमा छन् । कस्तो घर बनाउने भन्नेबारे खला–खलामा छुट्टै बहस छ ।

बाहिरिए युवा, बाँझियो जमिन

वैदेशिक रोजगार विभागको आ.व. २०७२/२०७३ को तथ्यांकअनुसार विदेश जानेको सख्या १६ लाख ४८ हजार २ सय ५५ छ। २०७३ असार महिनामा मात्र १ हजार ७ सय २९ जना युवा विदेसिएका छन्।

चुरे संरक्षण : भ्रम र यथार्थ

‘चुरे बाँचे हामी बाँच्छौं। हामी बाँचे चुरे बाच्छ। चुरे संरक्षण हामीले गर्ने हो। हामी चुरेबाट निकासी भइरहेको गिट्टी, बालुवा रोक्न खोज्छौं। ठेकेदारहरु ऐलानीमा बस्नेले रोक्ने अधिकार छैन भनी हामीलाई नै धम्क्याउँछन्। बसेको जग्गाको स्वामित्व पाए संरक्षण गर्ने अ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्