संघसंस्थाहरु मेला र महोत्सवको तयारीमा
कास्कीका विभिन्न संघसंस्थाहरु मेला र महोत्सव गर्ने आन्तरिक तयारीमा जुटेका छन्। केही संघसंस्थाले मिति सार्वजनिक गरिसकेका छन्। कोही पर्ख र हेरको अवस्थामा छन्।
कास्कीका विभिन्न संघसंस्थाहरु मेला र महोत्सव गर्ने आन्तरिक तयारीमा जुटेका छन्। केही संघसंस्थाले मिति सार्वजनिक गरिसकेका छन्। कोही पर्ख र हेरको अवस्थामा छन्।
गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको दोश्रो संस्करण हुने भएको छ। आगामी माघ ११ देखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिने आयोजक पोखरा थिएटरले बताएको छ।
मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा नौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव हुन लागेको छ। केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आएको छ।
कोभिडका कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ। कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर नारायणी नदी किनारमा महोत्सव गर्न लागिएको हो।
लामो समयदेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई ब्यूताउँन पर्यटन व्यवसायी सक्रिय बन्न थालेका छन् । त्यसका लागि पर्यटक तान्ने विभिन्न कार्यक्रम व्यवसायीले गर्न थालेका छन् । व्यवसायीले पाहुनालाई पोखरासम्म तान्नकै लागि विश्व पर्यटन दिवसका अवसर पारेर आगामी सोमबार लेकसाइडमा एक दिनका लागि सडक महोत्सव आयोजना गरेका छन् ।
गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिरमा सवालाख रोट महोत्सव चलिरहेको छ । रोट महोत्सवको सोमबार छैठौं दिन हो । कोभिड–१९ का कारण गत र यस वर्ष रोट महोत्सवको रौनक छैन ।
सिद्धाश्रम शक्तिकेन्द्रको आयोजनामा हरेक वर्ष चण्डिपूर्णिमाको दिन देखि ११ दिन सम्म चल्ने रोट महोत्सवको कोरोना प्रभावका कारण रौनक भने छैन।
कोरोना भाइरस महामारीको दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाका बीच भर्चुअल माध्यमबाट आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) ले महोत्सवका दौरान हुने छलफल र वक्ताहरूबारे जानकारी गराएको छ।
वन क्षेत्र गुराँस फूलेर आर्कषक बन्न थालेका छन्। मौसम खुल्दा हिमाल र हिमाल दृष्य उत्तिकै सुन्दर छन्। त्यसो त जिल्लाका उच्च पहाडी क्षेत्र शौन्दर्यताले पुलकित छन्। हिमाली क्षेत्रको पहिचानको रुपमा चौरीलाई पनि लिईन्छ।
दोस्रो भक्तपुर सांस्कृतिक, व्यापार तथा फागुपूर्णे महोत्सव २०७७ बुधबारदेखि हुने भएको छ। ममता केन्द्र नेपालको आयोजनामा भक्तपुरको महेश्वरी खेल मैदानमा महोत्सव आयोजना हुन लागेको हो।
‘खास्टे जाऊँ, माछा खाऊँ’ नारासहित हुने महोत्सवको उद्देश्य खास्टे र न्युरेनी तालको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने रहेको खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले बताए। महोत्सवमार्फत आन्तरिक पर्यटन चलायमान गराउने समेत आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ।
बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत परिचित गराउन राजधानीमा साताव्यापी ‘बुद्ध थिएटर महोत्सव’ हुने भएको छ। बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै आयोजकले बुद्ध थिएटर महोत्सव हुन लागेको जानकारी गराएको हो।
माटोको अर्धनड्याम लगाएपछि संरक्षण हुन पुगेको खास्टे तालमा यसै वर्ष ‘खास्टे ताल महोत्सव’ आयोजना गरिदैं छ ।
सदरमुकाममा जारी ‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’ अन्तिम चरणमा पुगेको छ । गएको फागुन २३ गते सुरु भएर चैत २ गते समापन हुँने महोत्सवमा फुटबलतर्फ त्रियुगा ८ र १० फाईनलमा प्रवेश गरेका छन् ।
उदयपुर सदरमुकाम गाईघाटमा जारी ‘प्रथम त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव २०७७’ का ८ मध्ये मंगलबारसम्म ५ बिधाको खेल सकिएको छ। दोस्रो दिनदेखि सुरु व्याडमिन्टन मंगलबार सकिएको छ भने अन्य ४ खेल सोमबार नै सम्पन्न भईसकेको छ।