२७ पुस २०८१ शनिबार
image/svg+xml

त्रियुगा खेलकुद महोत्सव २०७७ः दोस्रो दिन कराँते, तेक्वान्दो र बक्सिङ सम्पन्न

उदयपुर सदरमुकाम गाईघाटमा अघिल्लो दिनदेखि जारी ‘त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव २०७७’ का ८ मध्ये बिभिन्न ४ विधाको खेल सकिएको छ। आईतबार उद्घाटनका दिन साईक्लिङको प्रतिस्पर्धा सकिएको हो भने दोस्रो दिन सोमबार कराँते, तेक्वान्दो र बक्सिङको प्रतिस्पर्धा पनि सकिएको छ।

चैत्र १२ बाट ‘गजुरी महोत्सव’

महोत्सव राष्ट्रिय घरेलु तथा साना उद्योग महासंघले गर्न लागेको हो। स्थानीय वस्तुको निकासी एवं जिल्लामा लगानी तथा प्रविधि भित्र्याउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक समितिका संयोजक सुमित श्रेष्ठले बताए।मेला १३ दिन चल्नेछ।

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुँदै

दर्शकलाई आवश्यक भौतिक दुरी, अनिवार्य मास्क, सेनिटाईजरका व्यवस्थासँगै नाट्य प्रस्तुती एक घण्टा भन्दा लामो नहुने गरी प्रदर्शन गरिने योजना पोखरा थिएटरले बनाएको छ ।

शनिबार र आइतबार प्रथम सुन्तला महोत्सव

खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सव सुरु हुँदैछ। ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित दुई दिन सञ्चालन हुने सुन्तला महोत्सव शनिबार सुरु हुँदै छ। घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार–प्रसार गर्दै सुन्तला कृषकको प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए।

सुस्ताएको पर्यटन ब्यूताउँने प्रयास

अघिल्ला वर्षसम्म पाँचदिन अवधि हुने महोत्सव अहिले घटाएर तीनदिनमा झारिएको छ । औपचारिकता र निरन्तरताका लागि मात्र यो पटक महोत्सव हुन थालेको आयोजकको भनाई छ ।

सडक महोत्सवमा बिच भलिबल प्रतियोगिता

पोखराको लेकसाईडस्थित फेवा किनारमा रहेको बिच भलिबल कोर्टमा १३ महिनापछि प्रतियोगिता आयोजना हुँदैछ ।

पोखरा खुला रहेको सन्देश दिन खोजेका हौं

पोखरामा रेबानले विगत २२ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ । अघिल्ला वर्षसम्म पाँचदिन आयोजना गरिने महोत्सव यो पटक कोरोना त्रासका कारण तीनदिनमा खुम्च्याइएको छ ।

‘पोखरा सडक महोत्सव’ तीनदिन मात्र

पुरानो अंग्रेजी वर्ष बिदाई र नयाँवर्षको स्वागत गर्दै रेबानले हरेकवर्ष एकै समय र अवधिका लागि यहाँ सडक महोत्सव आयोजना गर्दै आईरहेको छ।

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शनिबार सुरू भएको छ । चिनियाँ सञ्चार समूह र बेइजिङ नगर जन सरकारको संयोजकत्वमा बेइजिङको ह्वाइरौ जिल्लामा अवस्थित येन छी ताल अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्रमा महोत्सवको आयोजना गरिएको हो ।

विश्व बाल कविता महोत्सवमा प्रथम भइन् बर्दियाकी प्रश्ना

शैली थिएटरको आयोजनामा गत बैशाखबाट संचालन गरिएको विश्व बाल कविता महोत्सवको नतिजा प्रकाशित भएको छ । विश्व भरिबाट बालबालिकाको कविता आह्वान गरि पहिलो पटक भर्चुअल कविता महोत्सव आयोजना गरेको शैलीले झण्डै तीन महिनामा नतिजा प्रकाशन गरेक हो । कबिहरु महेश पौड्याल, निलम कार्की निहारिका र शकुन्तला जोशीको निर्णायक समुहले कवितालाई मुल्यांकन गरेका थिए ।

खुमलटारमा रोपाईं महोत्सव

आज असार १५, विविध कार्यक्रम गरी देशैभर राष्ट्रिय धान दिवस मनाइदैछ। ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ।

‘राष्ट्रिय कविता महोत्सव–२०७७’ स्थगन, ललितकला पुरस्कार घोषणा

नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिने ‘राष्ट्रिय कविता महोत्सव–२०७७’ स्थगन भएको छ । यही असार ९ गते आयोजना गरिने भनिएको कविता महोत्सव कोरोना भाइरसको विश्वप्यापी महामारी र बन्दाबन्दीका कारण स्थगत गरिएको प्रतिष्ठानले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

भेनिस फिल्म महोत्सव सेप्टेम्बरमा हुने

भेनेटोका गभर्नर लुका जाइयाले आगामी सेप्टेम्बर २ देखि १२ मा आयोजना हुने संसारको सबैभन्दा पुरानो भेनिस फिल्म महोत्सवले निरन्तरता पाउने जानकारी गराएका थिए । उनले आयोजकलाई कोरोना भाइरस महामारीको अवस्थामा यस वर्ष तुलनात्मक रूपमा कम फिल्महरू प्रदर्शन गर्न सुझाव दिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्