१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

शनिबार र आइतबार प्रथम सुन्तला महोत्सव

चिसापानीको घोर्लेस्थित सुन्तला महोत्सवस्थल तथा लटरम्म फलेका सुन्तलाको बोट । तस्बिरः दमन राई/नागरिक

खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सव सुरु हुँदैछ। ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित दुई दिन सञ्चालन हुने सुन्तला महोत्सव शनिबार सुरु हुँदै छ। घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार–प्रसार गर्दै सुन्तला कृषकको प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए।  

महोत्सवमा सुन्तलाको जुस, सुन्तलाको वाईन, स्थानीय कलाकारको साथमा विविध साँस्कृतिक कार्यक्रम, साकेला शिली प्रदर्शन, लोकदोहोरी तथा नृत्य प्रतियोगीता, राई पुमाको धार्मिक तथा साँस्कृतिक वस्तुको प्रदर्शनीको कार्यक्रम राखिएको आयोजकले जनाएको छ। जन्तेढुंगा गाउँपालिकाको मुख्य प्रायोजन, ग्रामिण विकास तथा अनुसन्धान केन्द्र, श्रृजनशिल आमा समूह र तिनतले कोलाताङ सामुदायीक वन घोर्लेको सह–प्रयोजनमा स्थानीय प्रगतिशिल कृषक समूह र सिलिचोङ साँस्कृतिक परिवार घोर्लेको आयोजनामा सुन्तला महोत्सवको आयोजना गरिएको हो। सुन्तला महोत्सव प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ।  

घोर्ले जन्तेढुंगा गाउँपालिकाको सुन्तला उत्पादन हुने प्रमुख क्षेत्र हो। घोर्लेबाट बार्षिक करोड बढिको सुन्तला निर्यात हुने गरेको छ।

प्रकाशित: १८ पुस २०७७ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App