८ वैशाख २०८१ शनिबार
कला

आजबाट नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय भर्चुअल चलचित्र महोत्सव

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा नौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव हुन लागेको छ। केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्दै आएको छ। 

कोभिड–१९ को कारण बदलिएको परिस्थितीलाई मध्यनजर गर्दै नौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अनलाईनको माध्ययमबाट आज मंसिर ६ देखि ९, २०७८ ( २२ देखि २५ नोभेम्बर, २०२१) सम्म आयोजना गरिदै छ। कार्यक्रममा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र साथै सबै विधाका चलचित्रहरु देखाइने छ। देखाइने चलचित्रहरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रर्दशनकोलागि छनोट गरिएको हो। 

यस महोत्सवमा चलचित्रहरु मुभी डटकम अनलाईन वेभसाइट लग इन गरेर हेर्न सकिने छ। महोत्सव सुरुभएको दिन देखि अर्काे दिन बिहान ७ बजेसम्म फिल्म हेर्न सकिने छ। कार्यक्रममा चलचित्र प्रर्दशन संगै मानवअधिकारकर्मी र कलाकर्मीहरुसँग अन्र्तक्रिया, प्लानल डिस्कशन लगायतका कार्यक्रमहरु तय गरिएको छ।

महोत्सवमा चलचित्र देखाएपछि ‘मानव अधिकार र न्यायका लागि वातावरण’, मानव अधिकारमा कोडिभ–१९ को प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका, जस्ता विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्र्तक्रिया तथा छलफल पनि गरिनेछ। त्यस्तै ‘ओटीटी प्लेटफर्ममा नेपाली सिनेमा कसरी पुर्याउने ? बारे मास्टरक्लासको पनि आयोजना गरिने छ।

महोत्सवमा अन्तराष्ट्रिय बिधामाका चलचित्रहरुको पर्दशनमात्र गरिने छ भने नेपाली बिधाका चलचित्रहरुको प्रतिस्पर्धा हुनेछ। जसमा प्रतिस्पर्धी नेपाली चलचित्रहरुलाई निर्णायक मण्डलले उत्कृष्ट फिक्शन, उत्कृष्ट बृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनौट गरि पुरस्कार घोषणा गरिनेछ। चलचित्र महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायक मण्डलको भूमिका निर्वाह गर्ने भएका छन्। 

महोत्सवको सह–आयोजकको रुपमा राष्ट्रिय मानव अधिकार र नेपालका लागि क्यानाडा राजदुतावास रहने छ। महोत्सवका लागि युरोपियन युनियन, आई.ओ. एम., आई सि जे, प्लान इन्टनेश्नल, मोबाइल आर्ट फर पिसको सहयोग रहने छ। त्यस्तै महोत्सव प्रवद्र्धन लागि चलचित्र बिकास बोर्ड र मानव अधिकार चलचित्र सञ्जाल लगायतको सहकार्य र दजनौं संघसंस्थाको एक्यवद्धतामा महोत्सवको आयोजना हुनेछ।

प्रकाशित: ६ मंसिर २०७८ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App