५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

भाेलीदेखि भक्तपुरमा महोत्सव

दोस्रो भक्तपुर सांस्कृतिक, व्यापार तथा फागुपूर्णे महोत्सव २०७७ बुधबारदेखि हुने भएको छ। ममता केन्द्र नेपालको आयोजनामा भक्तपुरको महेश्वरी खेल मैदानमा महोत्सव आयोजना हुन लागेको हो।  

यसअघि फागुपूर्णेलाई मध्यनजर गर्दै चैत्र १३ गतेदेखि २१ गतेसम्म महोत्सव हुन लागेको बताएपनि कोरोना कारण स्थगित बनेको थियो। आयोजक केन्द्रका अध्यक्ष एवं महोत्सवका संयोजक संगम लामाले मेलामा दैनिक उपभोग्य सामानहरू एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरेको जानकारी दिए।  

मेलामा १०० वटा विभिन्न स्टलहरू रहनेछन्। साथै स्थानीय व्यापारीहरूको लागि १५ प्रतिशत छुटको व्यवस्था रहेको जनाइएको छ। स्टलहरूमा लत्ताकपडा, विभिन्न कम्पनीका स्टलहरू, खेलकुदका सामाग्री, दैनिक उपभोग्य सामाग्रीहरू उपलब्ध गराइने जनाइएको छ। साथै मनोरन्जनका विभिन्न खेलहरू पनि समावेश हुने छन्। यस्तै स्थानीय एवं राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूबाट बेजोड प्रस्तुति पनि हुने संयोजक लामाले जानकारी दिए।  

महोत्सवको व्यवस्थापन चाँगुनारायण पाटी प्यालेस र टेष्ट हाउस प्रालिले गरेको उनले जानकारी दिए। भक्तपुर नगरपालिका–७ महेश्वरी खेल मैदानमा आयोजना गरिने मेलामा कराते प्रतियोगिता, भक्तपुर डान्स आइडल–२०७७ प्रतियेगिता तथा विभिन्न खेल बिधाहरु समाबेस गरिएको लामाले जानकारी दिए।

काठमाडौं उपत्यकालगायत काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लाबाट करिब दुई लाख मानिसले महोत्सबको अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ। कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकार दुर्गेश थापा, शिब परियार, प्रीति आले, कमल खत्री, अर्जुन कौशल, बिशाल थिङ, सन्ध्या बुढा (काउली बुढी), रमेश भट्टराई, ज्योती मगर, रोज मोक्तान, कुमार सागर, मनिषा श्रेष्ठ, सुजल मधिकर्मी लगायतका कलाकारहरुको प्रस्तुत रहने जनाइएको छ।

प्रकाशित: १७ चैत्र २०७७ १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App