१९ असार २०८१ बुधबार
image/svg+xml

बुढी खोला नदी तथा आसपासका क्षेत्रमा मनोमानी दोहन

खोलासँगै हलुवाईको जग्गामा पनि ठूल्ठूला खाल्डा पारेर भरोट निकाल्ने गरिएको छ। यसअघि सोही स्थानमा रहेको नसरुल मियाँबाट पनि मनोमानी ढंगले बालुवा र भरोट निकाल्ने काम गरिएको थियो।

विकास गिज्याउने खाल्डाहरू

कुनै पनि सडकमा समस्या देखिनासाथ सम्बन्धित निकायले समयमै खबर गर्ने र त्यसमा आवश्यक काम गर्ने व्यवस्था हुनुपर्छ। एकातिर, यहाँ सडकमा हुने विकास निर्माणका काममा एकरूपता छैन। अर्कोतिर, यस्ता सडकमा धेरैवटा निकाय सक्रिय छन्। यिनका कारण सडकको दूरवस्था भइरहेको छ।

नारायणगढ – बुटवल सडक खण्ड विस्तार : साढे दुई वर्षमा ८ प्रतिशत प्रगति

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटबल–नारायणगढ खण्ड विस्तार आयोजनाको भव्य कार्यक्रमबीच शिलान्यास गरेका थिए। त्यसको झण्डै साढे दुई वर्ष बित्दा समष्टिगत भौतिक प्रगति जम्मा चार प्रतिशत देखिएको छ।

ठेकेदारको लापरवाहीले सडक अपलत्र

चार वर्षअघि ठेक्का लागेको गोरखा सदरमुकामको खोलखोले नगरपालिका चोक जाने सडक अझै कालोपत्रे भएको छैन।

समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन

समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसमेतको उपस्थितिमा गरेको छलफलपछि समितिका सभापति दीपक कोइरालाले उक्त निर्देशन दिएका हुन्।

माथिल्लो तामाकोसी बनाएको विदेशी ठेकेदारलाई घर फर्किन सिडिओ कै अवरोध

११ वर्ष लगाएर माथिल्लो तामाकोसी जलविद्युत आयोजना सम्पन्न गरी घर फर्किन खोजेको विदेशी ठेकेदार कम्पनीलाई आयोजनास्थलबाट फर्किन विभिन्न समूहसंगै प्रशासन र सिडिओले नै अवरोध गरेका छन्।

धरानमा स्मार्ट बसर्पाक बन्ने पक्का, ठेकेदार कम्पनीसँग सम्झौता

विवाद समाधान भएपछि टेण्डरमार्फत ठेकेदार छनौट गरेर उपमहानगरपालिकाले सम्झौतासमेत गरेको छ। धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र स्थानीय जग्गादाताले बसपार्क बनाउनको लागि निःशुल्क जग्गा दिएका छन्।

सर्दु खोला उत्खनन रोक्न पुगेको टोलीमाथि ठेकेदार पक्षको आक्रमण

चुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोलामा स्काभेटर प्रयोग गरेर भइरहेको उत्खनन रोक्न पुगेको एक टोलीलाई ठेकेदारबाट परिचालित समूहले सांघातिक आक्रमण गरेको छ।

खोलामा ठेकेदारको मनोमानी कारबाही गर्ने निकाय मौन

स्थानीय तहले ठेक्का लगाएको नदी जन्य पदार्थको उत्खनन कार्यमा ठेकेदारहरूले मनोमानी गरेको देखिए पनि कारबाही गर्ने अधिकार पाएको जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय मौन बसेको गुसानो सर्वसाधारणले गर्दै आएका छन्।

कारबाही गर्ने निकाय आर्थिक प्रलोभनमा पर्दा खोलामा ठेकेदारको मनोमानी

ठेकेदारहरुले धेरै स्काभेटर प्रयोग गरेर चार मिटरसम्म उत्खनन गर्ने स्थानहरुमा १० फिट गहिरोसम्म नदीजन्य पदार्थ निकालिरहेका छन्।

कमसल संरचना

सरकारी संयन्त्रहरूले कुनै पनि संरचना निर्माणका लागि ठेक्का दिएदेखि नै समयभित्र गरे/नगरेको र गुणस्तरीय काम भए/नभएको अनुगमन गर्दै जानुपर्ने हो । तर यस्तो अनुगमन कार्यमा सरकारी संयन्त्रहरूले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा उनीहरूको काम कारबाहीमा समेत प्रश्न उठ्नु स्वाभाविक हो ।

सडक अलपत्र पार्ने ठेकेदारलाई एक रुपैयाँ सहयोग

जिल्लालाई राजधानीसँग जोड्ने दोलखाका 'लाईफलाईन' मुडे-चरिकोट सडक ५ वर्षदेखि अलपत्र पार्ने शंकर माली निर्माण सेवालाई स्थानीयले बुधबार एक रुपैयाँका दरले सहयोग उठाएर ७ सय ४ रुपैयाँ रकम सहयोग पठाएका छन्।

खुल्लामञ्च कब्जा गर्न खोज्ने ठेकदार मनोज भेटवाल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ। भेटवालसहित ६ जनालाई नियन्त्रणमा लिएर विशेष अदालतमा पेश गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही

खोटाङको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काममा ढिलासुस्ती गर्ने ठेकेदार कारबाहीमा परेका छन्। गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डको महुरे–राजापानी (सिमपानी) खण्ड कालोपत्रेको काममा ढिलासुस्ती गर्ने भारत कन्सट्रक्सन/सिद्धि शाही जेभीबाट बैंक ग्यारेन्टी जफत गरेर कारबाही गरिएको हो।

गोरखा–फिनाम सडकमा ठेकेदारको लापरबाही

अत्यधिक धुलोले उक्त सडक भएर दिनहुँ आउजाउ गर्ने सरस्वती मावि आहाले, वल्र्ड क्यापिटल लगायत विद्यालयका विद्यार्थीले निकै सास्ती भोगेका छन्। ४.६ किलोमिटर सडक दुई वर्षभित्र निर्माण सक्ने गरी आठ करोड ४७ लाखमा बानियाँ निर्माण सेवाले जिम्मा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्