२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

बुढी खोला नदी तथा आसपासका क्षेत्रमा मनोमानी दोहन

सुनसरी दुहवी नगरपालिका वडा नं। १ बुढी खोला तथा आसपासका क्षेत्रमा बालुवा र भरोट मनोमानी ढंगले उत्खनन गर्ने गरिएको छ। नदी आसपासका क्षेत्रमा निजी जग्गा हुनेले एक्साभेटर नै प्रयोग गरेर बालुवा र भरोट निकालेर बिक्री गर्ने गरेका छन्।

दुहवी वडा नं १ प्रास्टुकीमा बुढीखोला नजिकै मूना हलुवाईको जग्गा पर्छ। खोला नगरपालिकाले ठेक्का लगाएर बालुवा र भरोट निकाल्ने काम भइरहेको छ। खोला छेउमै  रहेको हलुवाईको जग्गामा पनि एक्साभेटर प्रयोग गरेर मनोमानी ढंगले बालुवा र भरोट निकालेर बिक्री गर्ने गरिएको छ।

खोलासँगै हलुवाईको जग्गामा पनि ठूल्ठूला खाल्डा पारेर भरोट निकाल्ने गरिएको छ। यसअघि सोही स्थानमा रहेको नसरुल मियाँबाट पनि मनोमानी ढंगले बालुवा र भरोट निकाल्ने काम गरिएको थियो। बुढी खोलाको दुहवी क्षेत्र र मोरङको बुढी गंगा गाउँपालिका क्षेत्र दुवैतर्फ निजी व्यक्तिले खोला छेउकै जग्गामा मेसिन प्रयोग गरेर ठूल्ठूला खाल्डा बनाएर मनोमानी ढंगले बालुवा र भरोट निकाल्दा वर्षामा समस्या निम्तिने निश्चित छ।

एकातिर खोलामा मेसिन नै प्रयोग गरेर बालुवा र भरोट उत्खनन गर्नु अर्कातिर खोलासँगै रहेका निजी व्यक्तिको जग्गामा गहिरो गरि खोतलेर भरोट निकाल्दा वस्ती थप जोखिममा पर्ने निश्चित छ।

पछिल्लो समय २०७८ कात्तिक २ गते आएको आएको बेमौसमी वर्षाले बुढी खोलामा आएको बाढीले सुनसरी र मोरङका थुप्रै वस्ती डुबाउनुको साथै थुप्रै विघामा लगाएको धान नष्ट गरेको थियो।

२०७४  साउन २७ गते राति आएको बर्षाले गर्दा बुढी खोलामा आएको बाढीले पनि सुनसरी९मोरङका थुप्रै वस्ती तहसनहस पारेको थियो। बुढी खोला नदीमा त्यतिबेला आएको आएको बाढीले इटहरी क्षेत्रमा मात्र नौं जनाको मृत्यु नै भएको थियो।

मेसिन नै प्रयोग गरेर खोला र छेउको जग्गाबाट बालुवा तथा भरोट निकाल्न रोक लगाएपनि निजी जग्गा हुनेले अटेर गर्दै आएको दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले बताए। उनका अनुसार केही दिनअघि मेयर वेद गच्छादरसहितको नेतृत्व टोलीले अनुगमन गरी निजी जग्गा हुनेलाई पनि मनोमानी ढंगले बालुवा र भरोट ननिकाल्न निर्देशन दिइएको थियो। ‘निजी जग्गा हुनेले पनि विधि पुर्याएर मात्र बालुवा र भरोट निकाल्न पाउँछन्,’ उनले भने, ‘अलिअलि समस्या छ, यसलाई अनुगमन टोली खटाएर नियन्त्रण गरिन्छ।’

प्रकाशित: २३ मंसिर २०७८ १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App