२१ असार २०८१ शुक्रबार
image/svg+xml

दुई वर्षमा सक्नु पर्ने व्यापारिक मार्ग साढे चार वर्षसम्म अधुरै

वीरगन्ज–पथलैया ६ लेनको व्यापारिक मार्गको निर्माण कार्यमा निर्माण कम्पनीले ढिलाइ गर्दा सर्वसाधारणहरुलाई सास्ती खेप्नु परेको छ। निर्माण कम्पनीले समयमै काम पुरा गर्न नसक्दा जितपुर बजार क्षेत्रका स्थानीयहरु सवारी जाम र धुलोको कारणले सास्ती खेप्नु परेको हो। धुलोका कारण लामो समयसम्म आजित बनेका जितपुरका स्थानीयहरु अहिले तत्काल सडक बनाउन माग गर्दै आन्दोलन समेत सुरु गरेका छन्।

काम नगर्ने ठेकेदारका गाडी र उपकरण जिल्ला बाहिर लैजान रोक

पाँच वर्षदेखि जिल्लाको ‘लाईफलाईन’ सडक अलपत्र पार्ने ठेकेदार कम्पनीविरुद्ध दोलखा प्रशासन कठोर बन्न थालेको छ।

मनाङमा एउटै ठेकेदारको राज, ठेक्का लिने, काम नगर्ने

मनाङमा एउटै ठेकेदार कम्पनीले राज गर्दै आएको झण्डै पाँच वर्ष भएको छ। पाँच वर्षअघि असारमा द क्याराभान कम्पनीले मनाङको दूधखोलामा पुल बनाउने ठेक्का पायो। एक वर्षभित्रै सक्ने गरी मृत सञ्जीवनी, खड्का कृष्ण र क्याराभानले संयुक्तरूपमा पाएको योजना अहिलेसम्म अलपत्र छ।

ठेकेदारप्रति कठोर बन्दै सरकार

सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीको जमानत जफत गरी कालोसूचीमा राख्न सिफारिस गर्ने क्रम जारी

काम नगर्ने ठेकेदारमाथि कारबाही

सरकारले रासायनिक मल ल्याउन सैलुङ र होलिका नामका दुई कम्पनीलाई ठेक्का दिए पनि किसानले धान रोप्ने बेलामा त उनीहरूले ल्याएनन् । अहिले गोडमेल गर्ने बेलामा पनि नल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरी बंगलादेशबाट सापटी ल्याउनुपर्ने अवस्था आएको छ ।

काम नगर्ने ठेकेदारलाई कारबाही र ठेक्का रद्द गर्न जनप्रतिनिधिको माग

मध्य पहाडी लोकमार्ग अन्तर्गत हिले–लेगुवा सडक खण्ड स्तरोन्तिको जिम्मा पाएका निमार्ण व्यवसायीले काम नगरेपछि धनकुटाका जनप्रतिनिधिले ठेक्का रद्द गर्न माग गरेका छन् । प्रतिनिधि सभाका सदस्य एवं सांसद राजेन्द्रकुमार राई, जिल्ला समन्वय समितिका संयोजक टंक चौहान र पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राईले पत्रकार सम्मेलन गरेर काम नगरी ठेकेदार भागेकाले ठेक्का रद्द गर्न माग गरेका छन्।

‘ठेकेदार कम्पनी र परामर्शदाताको त्रुटि’

खानेपानी मन्त्रालयले गठन गरेको प्राविधिक अध्ययन समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङको अडिट गेट भत्किनुमा डिजाइन र निर्माणमा संलग्न कम्पनीको गम्भीर प्राविधिक त्रुटि रहेको निष्कर्ष निकालेको छ ।

नाम उपभोक्ता समितिको, काम ठेकेदारको

समितिले ठेकेदारलाई काम बिक्री गरेपछि नगरपालिकाले उक्त काम रोक्न खोज्यो। उपभोक्ता समितिले ठेकेदारलाई काम बिक्री गरेपछि त्यसलाई नगरपालिकाले रोक्न खोज्दा उपभोक्ता समितिका पदाधिकारी र ठेकेदार कम्पनीका व्यक्तिले नगरप्रहरीलाई कुटपिट गरेका थिए।

वन पदाधिकारी र ठेकेदारको मिलिमतोमा अनियमितता

सामुदायिक वनका पदाधिकारीको मिलिमतोमा काठ बिक्री वितरणबाट भएको आम्दानीमा व्यापक अनियमितता भएको तथ्य सार्वजनिक भएको छ ।

ठेकेदारले कालोपत्रे नगरेपछि स्थानीयद्वारा बारपाक सडक अवरुद्ध

गोरखाको बाह्रकिलोदेखि बारपाक सडक खण्डमा लामो समयदेखि काम रोकिएपछि स्थानीयले कालोपत्रे छिटो गर्न माग गर्दै आज सडक अवरुद्ध गरेका छन्। गोरखा नगरपालिका वडा नम्बर १० सिर्दी खोला पुलमा भेला भएका स्थानीयले सडकमा ग्राबेल बिच्छ्याएको लामो समयसम्म कालोपत्रे नगर्दा धुलाम्य भएको भन्दै अवरुद्ध गरेका हुन्।

दुई वर्षमा पनि भएन पाँच प्रतिशत काम

आफैं प्रहरी कार्यालयमा उपस्थित भएका, पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्यु–टावरका विवादास्पद ठेकेदार मनोज भेटुवालमाथि अनुसन्धान थालिएको छ।

ठेकेदार भेटवाल पक्राउ

ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

ऐनविपरीत काम गर्ने आठ ठेकेदार कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको छ।

मुहानमै मनोमानी

कामै नगरी भुक्तानी गर्ने अनावश्यक प्रावधान घुसाउने कर्मचारीलाई अख्तियार दुरुपयोग अभियोगमा तत्काल कारबाही गर्न जरुरी छ। अन्यथा, ऐन/कानुनका छिद्र प्रयोग गरेर राज्यकोष दोहन गर्ने प्रवृति बढ्दै जानेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्