२५ असार २०८१ मंगलबार
image/svg+xml

म्याद गुज्रिएका आयोजना

सर्वसाधारणभन्दा आयोजना निर्माणमा नेता, कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतो डरलाग्दो हुने गरेको छ। यी तीनै पक्ष मिली समयमा काम नगराएर आयोजनालाई दुहुनो गाई बनाइएको छ। तोकिएका काम हुन नसक्नुमा तीनै पक्षले आआफ्नै स्वार्थ देखाउने गरेका छन्।

२० सरकारी गाडी र मोटरसाइकल आन्दोलनकारीको नियन्त्रणमा

दोलखालाई राजधानी काठमाण्डौसंग जोडने जिल्लाको प्रमुख ‘लाईफलाइन’ चरिकोट–खाडीचौर सडक निर्माणमा भइरहेको ढिलासुस्ती र लापरवाहीविरुद्ध आन्दोलित संघर्ष समितिले मंगलबार सडकमा सरकारी गाडीहरु गुड्न रोकेको छ।

समृद्धिको सार्थकता

प्रचलित कर कानुनअनुसार कर निर्धारण गर्ने अधिकार कर प्रशासनकै भएको सन्दर्भमा पनि अदालतले रिट ग्रहण गरी आफैं क्याल्कुलेटर चलाइ कर निर्धारण गर्नेतर्फ लागी राजस्व असुलीमा व्यवधान खडा गरेको छ।

साइट क्लियरको माग गर्दै तीन पत्र

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा कार्यतालिका अनुसार जग्गा अधिग्रहण हुन नसकेपछि निर्माणको जिम्मा लिएको जापानी ठेकेदार कम्पनीले साइट क्लियरको माग गर्दै एक महिनायता सरकारलाई तीनवटा पत्र लेखेको छ।

ठेकेदारलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

गृहमन्त्री रामबहादुर थापा (बादल)ले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने बताएका छन्। पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा शनिबार तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गरेपछि उनले समयमै निर्माण नगर्ने ठेकेदारलाई एकपटक समय दिदा पनि सम्पन्न नगरे कानुनी रुपमा कारबाही गर्ने बताएका हुन्।

ठेकेदार सम्पर्कविहीन, कालोपत्रको काम अलपत्र

सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ।

मन्झरिया–रगरगञ्ज सडकमा ठेकेदारको लापरवाही

पश्चिम नवलपरासीस्थित मन्झरिया–सनइ–रगरगञ्ज सडकअन्तर्गत भइरहेको काम गुणस्तरहीन भएको पाइएको छ।

रुग्ण आयोजनामा म्याद थप्नेको लर्को

वर्षाैंदेखि अलपत्र रुग्ण आयोजनाका ठेकेदार कम्पनीले एक वर्ष म्याद थप गर्न सम्बन्धित कार्यालयमा धमाधम निवेदन दर्ता गरेका छन्।

कालो सूचीसम्बन्धी प्रावधान हटाउन निर्माण व्यवसायीको माग

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालाई नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले पूर्वाधार निर्माणमा उल्झन खडा गरिरहेका ऐन÷नियम परिमार्जनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएको छ।

'जनप्रतिनिधिहरु नै ठेकेदार भएका कारण समस्या'

कमशल निर्माण सामाग्री प्रयोग गरी कमजोर संरचना निर्माण गर्ने निर्माण व्यवसायीलाई कालोसूचिमा राखेर कारबाही गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

ठेक्का तोडियो, जरिवाना तोकियो

तोकिएको समयभित्र काम नगरेको भन्दै एक निर्माण कम्पनीको ठेक्का सम्झौता तोडिएको छ । ४४ करोड २३ लाख चार हजार पाँच सय ९३ रुपैयाँ २८ पैसा लागतमा २० किलोमिटर कालोपत्रे गर्ने जिम्मा पाएको जेजेइसिसिएल–पप्पु–कोसी एन्ड न्यौपाने जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो ।

किर्ते बैंक ग्यारेन्टी पेस गर्ने ठेकेदार थुनामा

रौतहटको गढीमाई नगरपालिकामा वाग्मती नदीको समनपुर घाटको बालुवा–गिट्टी ठेक्का हत्याउनको लागि नक्कली बैंक ग्यारेन्टी बनाएर पेस गरेको आरोपमा भाग्यमानी कन्स्ट्रक्सनका सञ्चालक रामानन्द साहलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

एमआरपीमा बदमासी: ठेकेदारको स्वार्थमा पासपोर्टको फिचर्स परिवर्तन

प्रतिथान एमआरपीमा २५ सेन्टका दरले हिसाब गर्दा करिब आठ करोड रुपैयाँ अनियमितता भएको देखिएको छ।

कारबाही सुचीमा रहेका ठेकेदारलाई म्याद थपको पुरस्कार

पटक–पटक थपिएको म्यादमा पनि काम पूरा गर्न नसकेपछि गोरखास्थित एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाले गोरखा–बारपाक सडकको जिम्मा लिएका ठेकेदारलाई कारबाही प्रक्रिया थाल्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्