२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ठेकेदारलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर- गृहमन्त्री रामबहादुर थापा (बादल)ले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने बताएका छन्। पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा शनिबार तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गरेपछि उनले समयमै निर्माण नगर्ने ठेकेदारलाई एकपटक समय दिदा पनि सम्पन्न नगरे कानुनी रुपमा कारबाही गर्ने बताएका हुन्।

‘सरकारको दुई वर्ष भएको अवसरमा ठेक्कापट्टा, विकास, निर्माणसम्बन्धि कुरा आज संसदमा पनि उठेको थियो, अहिले धेरै परियोजना अलपत्र अवस्थामा छन्,’ उनले भने, ‘ठेकेदारहरुले अलपत्र अवस्थामा पु¥याई दशकौं हुँदा खेरीपनि बाटो, पुल, अन्य निर्माणको कामहरु पुरा भएका छैनन्।’

समयमै निर्माण नहुँदा अख्तियारको पनि ध्यानाकर्षण भएको भन्दै गृहमन्त्री थापाले ठेक्कासम्बन्धि सयौं उजुरी परेकाले सरकारले त्यस्ता ठेकेदारहरुलाई अन्तिम मौका दिने निर्णय गरेको खुलासा गरे।
‘यदी उनी(ठेकेदार)हरुले अवसर दिँदा पनि समयमा निर्माण कार्य पुरा गरेनन् भने कारबाही गर्ने सरकारको नीति रहेको छ,’ उनले भने।

मदन भण्डारी (मध्य पहाडी)लोकमार्गस्थित मकवानपुर र सिन्धुली जोड्ने बागमती नदीमा नौ वर्ष वित्दापनि पुल निर्माण नभएकोमा संसदमा पनि कुरा उठेको भन्दै उनले निर्माण कम्पनीलाई ठेक्का रद्द गरेर कारबाही गर्ने बताए।

खेलकुदको माध्यमबाट देशलाई विकास र समृद्धिमा अगाडी बढाउन सकिने भन्दै गृहमन्त्री थापाले खेलपनि ब्यवसायको रुपमा विकास हुँदै भएकाले देशहरुबीचको सम्बन्ध सुमधर बनाउँन भूमिका खेलेको बताए। विकास र समृिद्धका लागि स्वास्थ्य नागरिक आवश्यक हुने र त्यस्तो नभए समृद्धिी सम्भब नभएको उनको जिकिर थियो।

स्वास्थ्य र विकासका लागि खेलकुदको विशेष भूमिका हुने भएकाले खेलकुदलाई विकासँग जोडेर लैजानुपर्नेमा जोड दिंदै उनले बागमती गाउँपालिकाको कार्यलाई सबै स्थानीय तहले अनुशरण गर्न आग्रह गरे। नेपाली खेलकुदको क्षेत्रमा मकवानपुरको योगदान ठूलो रहेको भन्दै उनले निरन्तरता दिन अनुरोध पनि गरे।

जनतालाई सेवा प्रवाहमा रहेको समस्या समाधान गर्दै विकास र समृद्धिमा टेवा पुर्‍याउन जिल्लाको पूर्वी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गाउँपालिकाबाट भएको भन्दै उनले केन्द्र सरकारको ध्यान दिएको भन्दै चाँडै स्थापना गर्ने प्रतिबद्धता जनाए।

बागमती प्रदेशका सांसद मुनु सिग्देलले मदन भण्डारी लोकमार्गस्थित मकवानपुर र सिन्धुली जोड्ने बागमती नदीमा असारसम्म पुल निर्माण नभए रामेछाप र सिन्धुलीका जनतालाई प्रदेश राजधानी हेटौंडा आउन कठिनाई हुने भन्दै सरकारको ध्यानाकर्षण गराईन्। अर्का प्रदेश सांसद प्रेमबहादुर पुलामीले राष्ट्र र स्वास्थ्यका लागि खेलकुदको उच्च महत्व रहेकाले तीनै तहको सरकारले लगानी गर्नुपर्नेमा जोड दिए।

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले मकवानपुरको सदरमुकाम हेटौंडाबाट करिब ६० किलोमिटरको दुरीमा रहेकोले इलाकास्तरीय सरकारी कार्यालयहरुको स्थापनाको लागि संघीय सरकारको ध्यानाकर्षण गराए। ‘हेटौंडा आवत–जावतमा सहजता भएपछि नागरिकता लगायतका सेवा लिन कठिनाई छ, त्यसैले तत्काल ईलाका प्रशासन कार्यालय स्थापना गर्न सरकारलाई आग्रह गर्दछु,’ उनले भने।

 

प्रकाशित: ३ फाल्गुन २०७६ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App