६ वैशाख २०८१ बिहीबार
अर्थ

वन पदाधिकारी र ठेकेदारको मिलिमतोमा अनियमितता

सामुदायिक वनका पदाधिकारीको मिलिमतोमा काठ बिक्री वितरणबाट भएको आम्दानीमा व्यापक अनियमितता भएको तथ्य सार्वजनिक भएको छ । मधुवन नगरपालिका–४ मा रहेको शान्ति महिला सामुदायिक वनमा गत वर्ष कटान भएका ९७ वटा रुख बिक्री गरी अनियमितता गरिएको भेटिएको हो । आठ हजार क्यूफूट काठ बिक्री गरी आम्दानी भएको रकममा हिनामिना भएको उपभोक्ताको दाबी छ ।

बैज्ञानिक वन व्यवस्थापन गर्न गत वर्ष वन डिभिजन कार्यालयबाट उक्त सामुदायिक वनले ९७ वटा रुख(साल,अस्ना र कर्मा) कटान सहमति लिएर कटान गरेको थियो । कटान गरेको सात सय क्यूफुट काठ उपभोक्ता वितरण गरेपनि अन्य बिक्री भएका काठबाट भएको आम्दानीमा पदाधिकारी र ठेकेदारको मिलिमतोमा अनियमितता गरेको उपभोक्ताको आरोप छ ।  

साधारण सभा नगरि यस आर्थीक वर्षमा पुनः पदाधिकारी र ठेकेदारको मिलिमतोमा कटान सहमतिको लागि सब डिभिजन कार्यालय, खातामा निबेदन दिएपछि अनियमितता पुष्टि भएको उपभोक्ता बताउँछन् ।

‘नाम मात्रको उपभोक्तालाई काठ दिइयो, उपभोक्तलाई वितरण गरेको काठ ७ सय क्यूफुट जति होला,’ नाम नखोल्ने सर्तमा उनले भने,‘काठ बेचेर समुहमा आउने करोड रुपैयाँ कता गयो,समूहको खाता निल छ ।’ उनका अनुसार सामुदायिक वनको स्रोत खर्च हुने गरी दुई जना शिक्षक र चौकिदार नियुक्त गरिएको छ । सामुदायिक वनको स्रोतबाट निजी स्रोतमा पढाई रहेका शक्षकले ८ महिनादेखि तलब नपाएको उनी बताउँछन् ।  

वन हेरालु(चौकिदार)ले समेत तलब नपाएको भन्दै वन पदाधिकारीसँग उपभोक्ता आक्रोषित भएका छन् । ‘शिक्षक र चौकिदारलाई तलब दिइएको छैन,’उनले भने,‘समूहको खातामा रकम नहुनु ,काठ बेचेको रकम कहाँ गयो त । ’नियमित साधारण सभा समूहमा अनिवार्य गर्न पर्ने भएपनि उक्त समूहले नियम लत्याएको छ ।

प्रत्येक आर्थीक वर्षमा वन पैदावरको लेखा जोखा, आर्थीक प्रदिबेदन प्रस्तुत गरेपछि साधारण सभाले पास गरेपछि सामुदायिक वनले अन्य प्रक्रिया अघि बढाउन पाउँने ऐनमा व्यबस्था छ । उक्त सामुदायिक वनले अघिल्लो बर्षको समेत कुनै पनि क्रियाकलाप साधारण सभाबाट पास नगरि अघि बढाईरहेको छ ।  

यस आर्थीक वर्षको कटान सहमति मागेपछि उपभोक्ताबाट उजुरी परेकाले कटान सहमति नदिएको खाता सब डिभिजनका प्रमुख सन्तोष चौधरीले बताए । ‘उजुरी परेपछि आर्थीक प्रतिबेदनदेखि अडिट रिपोर्ट मागेका छौ,’उनले भने ।

समूहले काठमा अनिमियतता नभएको समूहका उपाध्यक्ष बिरु थारुले दाबी गरे । ‘पदाधिकारी लगाईएको आरोप मात्र हो’उनले भने,‘सडक निर्माण,अग्नी रेखा निर्माण, र ग्यास सिलिन्डर वितरण गरेका छौ ।’ उता,सडक निर्माण जस्ता क्रियाकलापमा स्थानीय तहले नै खर्च गर्ने हुनाले पदाधिकारीले कागजमा सडक निर्माण गरेको उपभोक्ताले आरोप लगाएका छन् ।

ठेकेदार नै पदाधिकारी
शान्ति महिला सामुदायिक कै पदाधिकारी नै ठेकेदार भएको खुलेको छ । उपाध्यक्ष थारु समूहका उपाध्यक्ष र ठेकेदार पनि आफै हुन । कम मूल्य निर्धारण गरेर काठ थारु नै खरिद गरेको देखिन्छ । गोप्य सूचना प्रकासित गरेर मिलिमतो गरेको स्रोतको दाबी छ । सामुदायिक बनका पदाधिकारी नै ठकेदार बन्न नपाईने कानुनमा व्यवस्था छ । नियम लत्याएर काठ बिक्रि भएकाले अनियमितता भएको पुष्टि भएको हो । धेरै ठाउँबाट कुरा आएपछि छानबिन सुरु गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकृत द्रोणराज सर्माले बताए ।

‘कार्यालयले सुष्म रुपमा अनुसन्धान सुरु गरेको छ,’उनले भने,‘बैक स्टेटमेन्ट, आर्थीक प्रतिबेदन बिल भर्पाइ झिकाउँन पत्राचार भईसकेको छ । ’कागजात झिकाएपछि कहाँ कस्को कमजोरी भएको अनुसन्धानबाट खुल्ने उनले जानकारी दिए ।

प्रकाशित: १४ जेष्ठ २०७७ १४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App