२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

ठेकेदारले कालोपत्रे नगरेपछि स्थानीयद्वारा बारपाक सडक अवरुद्ध

सडक अवरुद्ध गराउँदै स्थानीय । तस्बिर : नागरिक

गोरखा- गोरखाको बाह्रकिलोदेखि बारपाक सडक खण्डमा लामो समयदेखि काम रोकिएपछि स्थानीयले कालोपत्रे छिटो गर्न माग गर्दै आज सडक अवरुद्ध गरेका छन्। गोरखा नगरपालिका वडा नम्बर १० सिर्दी खोला पुलमा भेला भएका स्थानीयले सडकमा ग्राबेल बिच्छ्याएको लामो समयसम्म कालोपत्रे नगर्दा धुलाम्य भएको भन्दै अवरुद्ध गरेका हुन्।

‘महिनौँ भयो, काम गर्ने मान्छे सडकमा कोही छैन’ स्थानीय कमल पोखरेलले भने ‘छिटो काम गर्नुपर्‍यो भनेर सडक आयोजनालाई पनि भनेका थियौँ तर हुँदै भएन।’ गोरखा क्षेत्र नम्बर २ को मुख्य नाकाको प्रवेशद्वारमै सडक अवरुद्ध भएपछि उक्त सडक भएर चल्ने सवारी साधन चल्न सकेको छैन।

गोरखा एप्रोपिरेट फर रि कन्ट्रक्सन प्रालीले गत पुस मसान्तमा सिध्याउने गरी सडक कालोपत्रेको जिम्मा लिएको थियो। २०७७ बैशाखसम्म सिध्याउने गरी पहिलो पटक म्याद थप भएको र अब दुई महिना समय बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ। करिब दुई किलोमिटर सडक कालोपत्रे एक करोड ७७ लाखमा उक्त काम्पनीले जिम्मा लिएको ११ किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाका इन्जिनियर राजेश यादवले बताए। ‘करिब ८० प्रतिशत काम सकिएको छ’ उनले भने ‘डेढ महिनादेखि काम भएको छैन, सडकमा बिछ्याईएको ‘बेस’ उँडेर धुलो धेरै भएको भन्दै स्थानीयले अवरुद्ध गरेका हुन्।’ निर्माण व्यवसायीले करिब ५० प्रतिशत रकम भुक्तानी लगिसकेका छन्।

गोरखा एप्रोपिरेट फर रि कन्ट्रक्सका सञ्चालक उत्तम भट्टले होलीमा घर गएका कामदार नफर्किएको र कोरोना भाइरसको त्रासले कामदार समयमै नआउँदा ढिला भएको बताए। ‘पानी हालेर धुलो आजैदेखि काम गराउँछौँ’ उनले भने ‘तीन दिनपछि कालोपत्रेको काम सुरु हुनेछ।’ कालोपत्रे गर्न चाहिने बिटुमिन, चिप्स सबै तयार गरेर राखेकाले केही दिनभित्रै सिध्याउने दाबी उनको छ।

 

प्रकाशित: ४ चैत्र २०७६ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App