२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राहदानी विभाग अगाडि एक विद्यार्थी मृत भेटिए

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक विद्यार्थीको शव भेटिएको छ। ललितपुर सानेपा घर भएका थापाथली इञ्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार चौधरी ग्रुपको निर्माणाधीन भवननिर भेटिएको हो।

पाण्डेविरुद्ध जिल्ला अदालतमा मुद्दा

बलात्कारको अभियोग लागेका ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’ का सञ्चालक मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

लाउन्ज, नशा, सवारी लिफ्ट र सामूहिक बलात्कार

साथीसँगै रमाइलो गर्न दरबारमार्ग गएकी २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ।

पुतलीसडकमा गोर्खा इको प्यानलको शाखा कार्यालय सञ्चालन

भक्तपुरको राधेराधे मध्यपुरथिमिमा मुख्य कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानलले काठमाडौँको पुतलीसडकमा पनि शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको छ।

उपत्यकाको फोहोरमा निजी क्षेत्र: वार्षिक ३.५ अर्ब संकलन व्यवस्थापनमा लापरबाही

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाबाट निजी तथा गैरसरकारी संस्थाले फोहोर संकलन गरेबापत वार्षिक साढे तीन अर्ब रूपैयाँभन्दा धेरै शुल्क उठाउँदै आएका छन्। तर फोहोर व्यवस्थापनमा भने सधैं लापरबाही हुँदै आएको छ।

हिँड्न नसक्ने लक्ष्मी यसरी बनिन् आत्मनिर्भर

काठमाडौं लगनकी लक्ष्मी श्रेष्ठका दुवै खुट्टा नभएका होइनन् तर ती छोटा र नचल्ने अवस्थामा छन्। त्यसकारण उनी सबलांगले जसरी हिँडडुल गर्न सक्दिनन्। उनको यो जन्मजात समस्या हो। त्यसकारण उमेरअनुसार बामे सर्न र उभिएर हिँड्ने उनले सकिनन्।

चमत्कारले हैन मेहनतले उठ्छ फोहोर

सिथि नखः पर्वको दिन आइतबार नक्सालस्थित ढुंगेधाराको पेटीमा भगवान्को मूर्तिअगाडि थुपारिएको फोहोरले रविलाल सुवेदीको मन निकै दुखेको थियो। शुक्रबार तुलसीको दल राख्ने दिन यही स्थानमा पुग्दा विष्णु भगवान्छेउ उभिएका सुवेदी प्रसन्न मुद्रामा भेटिए।

अमेरिकी जनरल काठमाडौंमा

अमेरिकी सेनाका प्यासिफिक कमान्डिङ जनरल चार्ल्स ए फ्लिन चार दिवसीय भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन्।

अब काठमाडौँ उपत्यकाको फोहोर राति मात्र ढुवानी हुने गरी १८ बुँदे सहमति

काठमाडौँ उपत्यकाको फोहोर अबदेखि रातिमात्र लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीयबीच गए राति १८ बुँदे सहमति भएको छ। सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो।

फोहोरको राजनीतिले बिताउला?

अहिले फोहोर व्यवस्थापनमा राजनीति समेत रहेको छ। मुलुकको सबैभन्दा ठूलो र सम्पन्नमध्येको एक राजधानीको काठमाडौँ महानगरपालिकामा प्रमुख दलहरूको पराजय भएको छ। यसको नेतृत्वमा बालेन आएका छन्। उनी आउनासाथ समस्या समाधान हुन थाल्नु भनेको प्रमुख दलहरूको साख थप गुम्ने स्थिति हो। त्यसैले फोहोरको समस्यालाई अरू धेरै बल्झाएर मात्र समाधानतर्फ लगिने निश्चित छ।

शिक्षामा सुधारका लागि मेयर बालेनका ६ सूत्र

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका ६ सूत्रीय योजना कार्यान्वयनमा ल्याउन महानगर शिक्षा विभागलाई निर्देशन दिएका छन्।

काठमाडौंबाट फोहोरको थुप्रो बोकेर गएको ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोके

काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र र स्थानीय बासिन्दाबीच सोमबार अबेर सहमति भएपछि काठमाडौंको फोहोर बोकेर पुगेका ट्रकलाईस्थानीयले राेकेका हुन्।

फोहोरको ‘राजनीति’ मा ‘गिरोह’ को खेल

काठमाडौं नक्सालका रविलाल सुवेदी आफ्नो होटलअगाडि थुप्रिएको फोहोरका कारण दिक्क छन्। बारम्बार फोहोरको समस्या झेल्दै आएका उनी अहिले रोजीरोटी नै बन्द हुने अवस्थामा पुगेको सुनाउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्