४ वैशाख २०८१ मंगलबार
समाज

राहदानी विभाग अगाडि एक विद्यार्थी मृत भेटिए

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक विद्यार्थीको शव भेटिएको छ। ललितपुर सानेपा घर भएका थापाथली इञ्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार चौधरी ग्रुपको निर्माणाधीन भवननिर भेटिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत आइतबार रातिदेखि हराएका थिए। उनको शव भेटिएलगत्तै उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी परिसर, टेकु, प्रहरी वृत्त कालिमाटी लगायतको टोली घटनास्थलमा पुगेको थियो।

प्रारम्भिक अनुसन्धानमा उनी आफैं छतबाट हाम फालको हुन सक्ने प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक एक विज्ञलाई पनि लगेको थियो। उनको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ। पोष्टमार्टमको प्रतिवेदन भने आउन बाँकी छ।

प्रकाशित: २ असार २०७९ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App