२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिएका छन्। पछिल्लोख २४ घन्टामा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको हो।

उपत्यकामा जारी निषेधाज्ञा एक साता बढाउन सिफारिस

उपत्यकामा जारी निषेधाज्ञा एक साता बढाउन सिफारिस गरिएको छ। उपत्यकाका जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले निषेधाज्ञा बढाउन सिफारिस गरेको हो।

कोरोना नियन्त्रणबारे गगनको मेयर शक्यलाई सुझाव : तपाई सफल हुनु नागरिक सुरक्षित रहनु हो

नेपाली कांग्रेसमा युवा नेता तथा सांसद गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर कोरोना नियन्त्रणबारे सुझाव दिएका छन्।

काठमाडौं वडा नम्बर १४ का पसल १५ दिनका लागि बन्द

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं महानगरपालिका–१४ नम्बर वडा कार्यालयले आफ्ना क्षेत्रमा अत्यावश्यक सेवाबाहेक अन्य बजार, पसल बन्द गराएको छ ।

आजदेखि अनिश्चितकालसम्म काठमाडौं आवतजावत बन्द

कोरोना संक्रमण बढेकाले गृह मन्त्रालयले देशका सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास नदिन बुधबार निर्देशन दिएसँगै अबदेखि सवारीसाधन काठमाडौं उपत्यका भित्रिन तथा यहाँबाट अन्यत्र बाहिरिन नपाउने भएका हुन् ।

काठमाडौंका ‘कोभिड अस्पताल’ भन्छन् : सबै शैय्या भरिए, थप संक्रमित कहाँ राख्ने ?

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको कूल क्षमता ५४ शैय्या हो । जसमा दैनिक बिरामी भरिभराउ हुने गरेको छ ।

काठमाडौं उपत्यकामा १३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा १०९, भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोरोना देखिएको हो।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एक दिनमा काठमाडौं उपत्यकामा थपिएको अहिलेसम्मकै उच्च संख्या हो ।

काठमाडौं मेडिकल कलेजले कोरोनाका बिरामी भर्ना रोक्यो

यसअघि कोरोनाका बिरामी उपचार गरेबापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च नदिएपछि शनिबारदेखि थप बिरामी भर्ना रोकेको अस्पतालले जनाएको छ ।

उपत्यकामा थपिए ९२ कोरोना संक्रमित, काठमाडौं जिल्लामा मात्रै ९०

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार काठमाडौं जिल्लामा मात्रै ९० संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमण व्यापक बनेपछि प्रहरी नै तैनाथ गरेर काठमाडौंको कोटाल टोल सिल

प्रहरी टोली नै तैनाथ गरी अहिले उक्त क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ । केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित उनको परिवारका ५ जनामा कोभिड–१९ देखिएको थियो ।

काठमाडौंको पेप्सीकोलामा शिशु फालिएको भेटियो, १७ वर्षकी आमा पनि पत्ता लाग्यो

बिहान पौने ७ बजेतिर पेप्सीकोलास्थित मदरल्यान्ड अस्पताल पछाडि मकैबारीमा जीवितै शिशु फेला पारिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या हजार पुगिसक्यो, तर होसियारी पटक्कै छैन

मानिसको भीडभाड र जमघट गरी बस्ने बानी पुरानै शैलीमा फर्किएको देखिन्छ । यसरी बस्दा सामान्य सावधानी अपनाएको पाइँदैन । कतिले त सामान्य मास्क पनि नलगाई बसेका देखिन्छन् ।

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनिटरी प्याड

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक विद्यालयको छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरेको छ । यसको शुरुवात मंगलबार मेयर विद्यासुन्दर शाक्यले बाफलमा रहेको ज्ञानोदय स्कुलबाट गरेका छन् । कक्षा ११ अध्ययनको तयारीमा रहेकी उक्त स्कुलकी छात्रा आस्मा पोखरेललाई प्याड वितरण गर्दा उनी निकै खुशी बनिन् ।

काठमाडौंकाे कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

प्रहरीका अनुसार बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चाबहिल डेरा गरी बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्