४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोरोना नियन्त्रणबारे गगनको मेयर शक्यलाई सुझाव : तपाई सफल हुनु नागरिक सुरक्षित रहनु हो

नेपाली कांग्रेसमा युवा नेता तथा सांसद गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर कोरोना नियन्त्रणबारे सुझाव दिएका छन्।

कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहेको भन्दै काठमाडौंमा बढ्दो संक्रमणलाई रोक्न महानगरसंग मिलेर केही गर्न सकिन्छ कि भनेर महानगरले तत्काल गर्नैपर्ने विभिन्न कुरामा ध्यानाकर्षण गराएको थापाले बताए।  

महानगरले अग्रसरता लिएर कन्ट्रयाक ट्रेसिङ, परीक्षण र आइसोलेसन लगायत प्रभावकारी व्यवस्थापन गर्नसके कोरोना फैलने गतीलाई न्यून गर्न सकिने उनले बताएका छन्।  

थापाले मेयर शाक्यलाई काठमाडौंबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग समन्वय गरेर आवश्यक सहयोग लिन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘तपाई सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो।’

महानगरमा कन्ट्याक ट्रेसिङ ढिला भएकोले समस्या बनाएकोले यसलाई चुस्त बनाउन थापको सुझाव छ। यसका लागि आवश्यक जनशक्ति थप गर्न उनले आग्रह गरेका छन्।

कन्ट्याक ट्रेसिङमा आएकाहरुको परीक्षण वार्ड टोलमै गर्ने व्यवस्था मिलाउन थापाको आग्रह छ।

काठमाडौंका अन्य नगरपालिकासँग सहकार्य गरेर तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरु बनाउनु पर्ने उनको सुझाव छ।

खाद्यन्न पसल दिनको १/२ घण्टा मात्र खोल्दा झन् भिडभाड बढ्ने हुँदा पसल बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खुल्नुपर्ने तर त्यसका लागि स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्दा भिड नहुने सुझाव थापाको छ। कोरोना संक्रमणसँग जोडिएका सूचनाबारे नगरवासीहरु अन्यौलमा रहेको बताउँदै सूचनालाई चुस्त बनाउन थापाले मेयर शाक्यलाई आग्रह गरे।

 

प्रकाशित: ८ भाद्र २०७७ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App