२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘कोरोनाबाट काठमाडौंमा ठूलो दुर्घटना निम्तिने खतरा !’

दुई/तीन दिनयता काठमाडौंमा ससाना सभा भइरहेको खबर आएको भन्दै यसले कोरोना संक्रमण भयावह हुने चेतावनी मन्त्रालयले दिएको हो।

रातको समय काठमाडौं उपत्यका प्रवेश गर्न नपाइने

अब रातको समयमा काठमाडौं प्रवेश गर्न नपाइने भएको छ। रातको समयमा लुकिछिपि राजधानी प्रवेश गर्नेको संख्या बढेपछि गृहमन्त्रालयले यस्तो निर्णय गरेको हो। बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाइएको हो।

काठमाडौंमा पनि दिनदिनै थपिँदै संक्रमित, थप १५ जनामा कोरोना पुष्टि

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाममा काठमाडौं जिल्लामा मात्रै थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कामपाका विद्यालयमा अनिवार्य स्थानीय पाठ्यक्रम

काठमाडौं महानगरपालिकाले सबै संस्थागत र सामुदायिक विद्यालयमा अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपाले पहिलोपटक पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारी लागू गर्न लागेको हो ।

उपत्यकामा थपिए एक दिनमै ५३ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपराह्न दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा एउटै परिवारका पाँच जनामा कोरोना, छोरी र नातिनी भारतबाट आएका थिए

भारतको विहारबाट आएका एक परिवारका पाँचै जनामा कोरोना पुष्टि भएको छ। उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणको क्रममा कोरोना पुष्टि भएको हो। अस्पतालको विवरण अनुसार भारतबाट आएकी एक महिलामा बिहिबार कोरोना पुष्टि भएको थियो।

काठमाडौंमा पनि पहिरोले पुरिएर एक जनाको मृत्यु

प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा पहिराले पुरिएर एक युवकको मृत्यु भएको हो ।

साउन १ गतेबाट सुत्रमा आधारित लेखा प्रणाली थालनी गर्दै महानगर

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि सञ्चित कोष व्यवस्थापन गर्न सब—नेशनल ट्रेजरी लेगुलाटोरी एप्लिकेसन (सुत्र) मा आधारित लेखा प्रणाली थालनी गर्ने भएको छ । साउन १ गतेबाटै प्रयोगमा ल्याउनु पर्ने भएकोले आजैदेखि सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण थालिएको छ । यसमा बित्त बिभाग, आन्तरिक लेखा प्रणाली शाखाका अधिकारी, वडाका सचिव र लेखापाललाई ४ समूह बनाएर प्रयोगात्मक ज्ञान दिइनेछ ।

केयूद्वारा पौने चार अर्बको बजेट पारित

काठमाडौं विश्वविद्यालय (केयू)को ८७ औं सभाले आर्थिक वर्ष ०७७/७८ का लागि कूल तीन अर्ब ७० करोड रुपैयाँको अनुमानित आय–व्यय विवरण (बजेट) पारित गरेको छ।

काठमाडौं महानगरपालिकाद्वारा 'ए’ डिभिजन क्लबलाई सहयोग

काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका ६ ओटा 'ए’ डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ।

काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक पारित

आर्थिक वर्ष २०७७/०७८ का लागि काठमार्डौं महानगरको आर्थिक विधेयक ७ औं नगर सभाको तेश्रो बैठकबाट आज पारित भएको छ । असार १० गते बसेको नगर सभाको दोश्रो बैठकमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आर्थिक विधेयक र मेयर बिद्यासुन्दर शाक्यले बिनियोजन विधेयक प्रस्ताव गरेको थियो ।

अनिवार्य होम क्वारेन्टिनमा बस्नेलाई मात्र उपत्यका प्रवेश दिइने

सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को आजको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।

फेरि कुरुप काठमाडौंका सडक

असार लागेसँगै विभिन्न निकायले जभाभावी सडक खनेर छाड्न थालेका छन्। स्थानीय तह, उपभोक्ता समिति, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल विभाग र स्थानीयले पनि अनुमतिबिनै धमाधम सडक खनेर असरल्ल छाडेको दृश्य बाक्लै देखिन थालेको छ।

काठमाडौं महानगरको बजेट आकार बढ्यो, १६ अर्ब बजेट विनियोजन

काठमाडौं महानगरपालिकाले कोभिड १९ को संकटको बावजुत पनि आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटको आकार वृद्धि गर्दै १६ अर्ब ४२ करोडको बजेट विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले नगरसभाको सातौं अधिवेशनमा आगामी आवको बजेटमा चालु आर्थिक वर्षको भन्दा ९० करोड रुपैयाँ बढाएर बजेट विनियोजन गरेकी छन् । महानगरले चालु आर्थिक वर्षमा १५ अर्ब ५० करोडको बजेट विनियोजन गरेको थियो ।

कोभिड प्रभावित व्यवसायीलाई करमा सहुलियत

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममार्फत कोभिड १९ बाट प्रभावित महानगरभित्र सञ्चालित होटल, रेस्टुराँ, सपिङ मल, डे/नाइट मार्केट लगायत अन्य व्यापार, व्यवसायलाई विशेष सहुलियत दिने नीति अघि सारेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्