५ वैशाख २०८१ बुधबार
समाज

काठमाडौंमा पनि पहिरोले पुरिएर एक जनाको मृत्यु

पहिराेकाे फाइल तस्बिर

काठमाडौंमै पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा पहिराले पुरिएर एक युवकको मृत्यु भएको हो ।  

गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।  

उनका अनुसार आइतबार साँझ ८ जना साथी घुम्न गएकामा गुरुङ शौच गर्न भनेर खोला छेउ जंगलमा पसेका थिए । त्यही बेला पहिरो खस्दा उनको मृत्यु भएको हो । पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।  

प्रकाशित: ५ श्रावण २०७७ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App