१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘कोरोनाबाट काठमाडौंमा ठूलो दुर्घटना निम्तिने खतरा !’

फाइल तस्बिर : काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना महामारीप्रति लापरबाही बढ्दै गएकाले यसले ‘ठूलो दुर्घटना’ निम्तिने चेतावनी दिएको छ।  

दुई/तीन दिनयता काठमाडौंमा ससाना सभा भइरहेको खबर आएको भन्दै यसले कोरोना संक्रमण भयावह हुने चेतावनी मन्त्रालयले दिएको हो।  

कोरोना संक्रमणबारे नियमित पत्रकार सम्मेलनअन्तर्गत आज शुक्रबार मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले काठमाडौंमा दिनदिनै संक्रमित थपिँदै  गएकामा चिन्ता व्यक्त गर्दै भने, ‘यसमा पथपरहेजमा बस्नुपर्ने कुरा हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको छैन, यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा म जानकारी गराउन चाहन्छु।’

यस्तै देशका अन्य स्थानमा पनि जनस्वास्थ्यको मापदण्ड पालना नभएको र लापरबाही बढिरहेको उनले बताए। कतिपय नाकामा अहिले नियन्त्रण नभएको उनले सुनाए। जसले गर्दा कोरोना संक्रमण बढ्दै गएको उनको भनाइ छ।  

हालसालै भारतबाट ओखलढुंगा कामदाहरू लगियो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘२१ कामदारमध्ये १८ जनामा कोरोना पोजिटिभ देखियो। अहिले उनीहरूलाई विराटनगर लगिएको छ।’

अहिले एकदमै सतर्क हुनुपर्ने बेला आएको डा. गौतमले सुझाव दिए।  

विस्तृत याे भिडियाेमा सुन्नुहाेस् :

प्रकाशित: १६ श्रावण २०७७ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App