१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

काठमाडौं महानगरपालिकाद्वारा 'ए’ डिभिजन क्लबलाई सहयोग

काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका ६ ओटा 'ए’ डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ।  

महानगरपालिकाले सोमबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गरी उक्त रकम हस्तान्तरण गरेको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव १० लाख रुपैयाँका दरले सहयोग हस्तान्तरण गरे। महानगरपालिकाबाट मछिन्द्र क्लब, सरस्वती युवा क्लब, हिमालयन शेर्पा क्लब, काठमाडौं खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्याङ्दी कल्बले आर्थिक सहयोग पाएका हुन्। सहयोग हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै महनगरका प्रमुख शाक्यले खेलकुदको विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरिएको बताए। उनले महानगरले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा लगानी बढाउँदै जाने नीति लिएको र खेलकुदको विकासका लागि सहकार्य गरेर अघि बढ्न महानगर तयार रहेको बताए। उनले महानगरभित्र रहेका 'ए’ डिभिजनलाई १० लाख रुपैयाँ, 'बि’ डिभिजनलाई ३ लाख रुपैयाँ र 'सी’ डिभिजनलाई २ लाख रुपैयाँका दरले सहयोग गर्दै आएको र आगामी वर्ष देखि सहयोग रकमलाई वृद्धि गर्ने प्रतिवद्धता समेत जनाए।  

कोभिड १९ महामारीका कारण विगतका वर्षमा जस्तै 'ए’, 'बि’ र 'सी’ डिभिजनका क्लबहरुलाई एकैसाथ सहयोग गर्न नसकिएको उनले बताए। पहिलो चरणमा 'ए’ डिभिजनलाई सहयोग गरिएको र यसपछि छिट्टै नै 'बि’ र 'सी’ लाई पनि सहयोग उपलब्ध गराउने उनले बताए। कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि गरेको सहयोगको प्रसंशा गरे। काठमाडौं महानगरपालिकाले गत वर्ष पनि 'ए’, 'बि’ र 'सी’ डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको थियो।

 

 

 

प्रकाशित: २२ असार २०७७ १०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App