८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौंमा एउटै परिवारका पाँच जनामा कोरोना, छोरी र नातिनी भारतबाट आएका थिए

भारतको विहारबाट आएका  एक परिवारका पाँचै जनामा कोरोना पुष्टि भएको छ। उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणको क्रममा कोरोना पुष्टि भएको हो। अस्पतालको विवरण अनुसार भारतबाट आएकी एक महिलामा बिहिबार कोरोना पुष्टि भएको थियो। कन्ट्रयाक्ट ट्रेसिङ गर्ने क्रममा शुक्रबार अन्य सदस्यको परीक्षण गर्दा सबैमा कोरोना देखिएको हो। परिवारका दम्पत्ति,छोरा–छोरी र नातिनीमा कोरोना देखिएको टेकु अस्पतालका एक चिकित्सकले जानकारी दिए।  

१५/२० दिन अगाडि मात्र छोरी र नानीति बिहारबाट काठमाडौं आएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई टेकु अस्पताल लगिएको थियो।

उनीहरु महाबौद्ध काठमाडौमा पसल व्यवसाय गर्नेहरु रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका जनस्वास्थ्य अधिकृत महेन्द्र ध्वज अधिकारीले बताए। संक्रमित परिवारको महावौद्ध गणेश मन्दीर नजिकै अन्डरगार्मेन्ड पसल छ।  

उनको पसल वरपरका र सम्पर्कमा आएका १०० जनाको नाम संकलन गरी काठमाडौं महानगरपालिका २७ नम्बर वडा मार्फत स्थानीयले परीक्षणको लागि अनुरोध समेत गरेका छन्। परीक्षणको लागि विभिन्न ठाउँमा अनुरोध गरे पनि वास्ता नगरिएको एक स्थानीयले बताए।

तर एउटै परिवारका भए/नभएको कुरा यकिन गर्न बाँकी रहेको अधिकारीले बताए। उनीहरुको सम्पर्कमा पुगेका अन्य व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको अधिकारीले जानकारी दिए। ‘ एउटै परिवारको भए/नभएको थाहा छैन, सम्पर्क व्यक्तिहरुको खोजी कार्य भइरहेको छ’ उनले भने।  

चिकित्सकका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक चारदेखि १० जनामा कोरोना पुष्टि भएको छ। केही सातादेखि यता काठमाडौंमा दैनिक भारत तथा तराइबाट आएकाहरुमा संक्रमण पुष्टि भएको छ।  

पुष्टि हुनेहरुमा धेरै जसो भारतको विहारवाट आएका र नेपालको तराइ क्षेत्रवाट आएका बढी छन्। लामो समयको लकडाउन खुकुलो भएपछि उनीहरु बिभिन्न माध्यमवाट काठमाडौं भित्रिएका हुन्। सरकारले नेपालमा कोरोना संक्रमितको संख्या घटेर तीनदेखि ४ प्रतिशतमा पुगेपछि लकडाउन खोलेको थियो। नेपालमा संक्रमणदर घटेपनि भारतमा दैनिक हजारौको संख्यामा संक्रमण बढिरहेकोले त्यसको प्रभाव नेपालमा पर्ने चिकित्सकहरु बताउँछन्। ‘पछिल्लो समय भारतबाट आउनेमा बढी संक्रमण पुष्टि भएको छ, उनीहरु हवाइ र स्थल मार्ग भएर आएको देखिन्छ’ राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले आइतवार नागरिकसित भने। पाण्डेका अनुसार भारतबाट हालै पाँच हजारको संख्यामा नेपाल भित्रिएका छन्।  

भारतसंग नेपालको खुल्ला सीमाना र त्यसमा पनि स–साना सीमानाबाट आउने क्रम जारी, रहेको बिभिन्न मालवाहक गाडीमा आउने क्रम जारी रहेको कोभिड १९ उपचार अस्पतालहरुको अनुभव छ। भारतको विहारमा स्थायी घर भई काठमाडौंमा मारवल बिच्छाउने, कपाल काट्ने पेशा, फर्निचर घर निर्माण कार्य तथा व्यापारमा संलग्न भारतीयहरु राजधानीमा मात्र लाखौको संख्यामा रहेको  र उनीहरु फर्किने क्रम जारी रहेकोले संक्रमण दिनहुँ बढिरहेको चिकित्सकले औल्याएका छन्।  

भारतवाट आउनेहरु अनुमति लिएर आउने हुनाले उनीहरुलाई रोक्न नसकिने र कतिपयहरु लुकिछिपी समेत आउने गरेको कोभिड १९  संकट व्यवस्थापनका महेन्द्र श्रेष्ठले बताए। नेपाल आइसकेपछि जिल्ला–जिल्लामा सही रुपमा क्वारेनिटनको व्यवस्था नभएको स्थिति देखेपछि केन्द्रले जिल्ला प्रमुख अधिकारीलाई पत्र जारी गरी सबैको परीक्षण गर्न निर्देशन दिइसकेको बताए ।  

भारतबाट तराइमा आवात– जावात हुने र तराईबाट काठमाडौ आवात– जावातको चक्र रहेकोले भारतमा कोरोना नियन्त्रण नभएसम्म नेपालमा नियन्त्रण्को कुरा चुनौतीपुर्ण रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा.शेर बहादुर पुनले बताए। ‘ भारतमा कोरोना बढिरहेको छ, त्यहींबाट तराई र सिधै काठमाडौं आउने क्रम चलिरहेको छ, नियन्त्रण हुने कुरामा चुनौती छ ’ उनले भने।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: ११ श्रावण २०७७ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App